×

NMB BANK
NIC ASIA

याद राख्नुस्, दाँतलाई स्वस्थ र मजबुत बनाइराख्ने यी ६ तरिका

फागुन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हामी सबैले नियमित रूपमा आफ्नो दाँतलाई सफा गरिरहेका हुन्छौं ।

Sagarmatha Cement
Muktinath Bank

बजारमा पाइने विभिन्न किसिमका टुथपेस्टहरू प्रयोग गरी नियमित दाँत सफा गरिरहेका पनि हुन्छौं । तर के यतिले मात्रै हाम्रो दाँत स्वस्थ हुन्छ त ? दाँत नियमित सफा गर्नाले मात्रै दाँत मजबूत हुन्छ त ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ हामीले दाँतलाई स्वस्थ र मजबूत बनाउनका लागि आवश्यक केही विधिहरू चर्चा गर्दैछौं । 


Advertisment
Nabil box
Kumari

यी हुन् दाँतलाई स्वस्थ र मजबूत राख्ने ६ तरिका

Vianet communication
Laxmi Bank

१. चिनिजन्य वस्तुको कम सेवन

दाँतलाई स्वस्थ राख्नका लागि चिनिजन्य वस्तुको कम सेवन गर्नुपर्छ । खानेकुरा तथा पेय पदार्थमा पाइने गुलियोबाट हाम्रो मुखमा भएको व्याक्टेरियाले एसिड निकाल्छ । जसले गर्दा हाम्रो दाँतको इनामेल कम हुन जान्छ ।

बजारमा पाइने पेय पदार्थहरूमा त अझै भिन्न प्रकारको एसिडहरू हुन्छन् । जसले दाँतमा भएको इनामेललाई नस्ट गर्ने वा कम गर्न भूमिका खेल्दछन् । त्यसकारण यस्ता चीजहरूको सेवनबाट सकभर टाढै बस्नुपर्छ । 

यदी तिर्खा  लाग्दा वा सामान्य अवस्थामा सादा सफा पानी पिउने बानी बसाल्नु लाभदायक हुन्छ । 

२. इनामेल बचाउने खानाको प्रयोग

क्याल्सियम पाइने खानेकुराले मुखभित्रको एसिडलाई कम गर्न मदत गर्छ । जसले दाँतलाई बलियो बनाउन सहयोग गर्छ । 

दुध, चीज तथा अन्य डेरीजन्य उत्पादनहरूको सेवनले दातमा हुने इनामेलको रक्षा गर्नुका साथै बलियो बनाउँछ । 

दुग्धजन्य पदार्थको सेवन गर्ने बानी छैन भने क्याल्सियम युक्त खानेकुराको सेवन गर्न चिकित्सकहरूले सुझाव दिने गरेका छन् । 

३. धेरै ब्रस गर्ने बानी तुरुन्त त्याग्नुहोस् 

तपाईंलाई धेरै छिटो र कडा तरिकाले ब्रस गर्ने बानी छ भने त्यसलाई तुरुन्तै त्याग्नुहोस् । कडा तरिकाले ब्रस गर्दा ताँत कमजोर हुन जान्छ । 

मिठाई तथा अन्य खानेकुरा खाएको करिब एक घन्टासँग ब्रस नगर्नुहोस् । यो समयमा खानेकुरामा भएको अम्लिय पदार्थले दाँतको इनामेल क्षयीकरण गरेको हुन्छ । त्यसकारण यस्तो समयमा तत्कालै दाँत ब्रस गर्दा दाँत कमजोर हुन सक्छ । 

४. फ्लोराइड भएको मन्जनको प्रयोग 

फ्लोराइडले दाँतलाई मजबूत बनाउनुका साथै दाँत क्षयीकरण हुनबाट बचाउँछ । यसको प्रयोगले दाँतको एसिड प्रतिरोधी क्षमतामा समेत वृद्धि हुन्छ ।

त्यसकारण फ्लोराइडयुक्त टुथपेस्टको प्रयोग गरी दाँत माझ्नु उपर्युक्त हुन्छ । यसले दाँतको इनामेललाई समेत बलियो बनाइराख्छ । 

५.दाह्रा किट्ने बानी हटाउनुहोस् 
कसैकसैलाई राती दाह्रा किट्ने बानी हुन्छ । यसले दाँतलाई कमजोर बनाउँछ । त्यसकारण दाह्रा किट्ने  बानी विस्तारै हटाउँदै लैजानु उपयुक्त हुन्छ ।

यस्तो बानी भएमा चिकित्सकसँग सल्लाह गरेर उपचार गर्नु आवश्यक हुन्छ ।

६. नियमित परीक्षण गर्नुहोस् 
दाँतको सुरक्षाका लागि हरेक ६/६ महिनामा परीक्षण गर्न चिकित्सकहरूले सुझाव दिने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x