×

NMB BANK
NIC ASIA

कान्ति राजमार्ग ५ किलोमिटरबाहेक कालोपत्र हुँदै

फागुन २४, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राष्ट्रिय राजमार्गका रूपमा रहेको कान्ति राजमार्गमा झण्डै ५ किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ ।

Muktinath Bank

बर्सेनि वर्षाका कारण सडक अवरुद्ध हुने गरेकाले तत्कालका लागि कालोपत्र नगरिने कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले तत्काल कालोपत्र नगरिने सडकमध्ये धेरै भाग ललितपुर र थोरै भाग मकवानपुरमा पर्छ । उनका अनुसार यी ठाउँ छपेली र आसपासका क्षेत्रमा रहेका योजनाका सूचना अधिकारी दिपेश रजकले बताए ।


Advertisment
Nabil box
Kumari

अहिले तत्काल कालोपत्र नहुने थोरै सडक खण्ड मकवानपुरमा पनि रहेको छ । १ किलोमिटर सडक कालोपत्र गर्दा झण्डै डेढ करोड रुपैयाँ लगानी हुने भएकाले त्यो रकम खेर जान नदिन तत्काल कालोपत्र नगर्ने योजना बनाइएको हो । 

Vianet communication
Laxmi Bank

कुनै पनि ठाउँमा सडक खनेपछि केही वर्षसम्म पहिरो जाने गरे पनि केही वर्षपछि त्यहाँको माटो स्थिर भएर रहन्छ । उनले भने, ‘अबको केही वर्षमा पहिरो जान रोकिएपछि कालोपत्र गर्न सकिन्छ ।’ अहिले कालोपत्र नगरिने सडकमा पनि ग्राभेल गरिने भएकाले स्थानीयलाई आवतजावतमा समस्या नहुने योजनाका सूचना अधिकारी रजकले बताए ।

उनका अनुसार त्यो स्थानमा ग्राभेल, सडक छेउमा नाली बनाउने लगायतका अरु सबै किसिमका काम हुनेछ । यो सडकमा बर्सेनि वर्षाको समयमा सडक माथिबाट आउने पहिराका कारण सडक अवरुद्ध हुने गरेको छ । पहिले १ लेनको सडक २ लेनको बनाउँदा सडकमा पहिरो आइरहेको हो ।

सडक ट्याक खुलेको लामो समयसम्म पनि कच्ची सडकका रूपमा रहेको यो सडकमा अहिले धमाधम कालोपत्रको काम भइरहेको छ । चालू आवभित्रै त्यही ५ किमी सडकबाहेक अन्यत्र सडक कालोपत्र गरिसक्ने योजनाको लक्ष्य बताइएको छ । 

सडक २ लेन बनाइए पनि अहिलेसम्म राजमार्गमा रहेका ३ पुल १ लेनका छन् । पुललाई पनि बिस्तार गरिने योजनाले जनाएको छ । सडक विभागले गत आवमा सो सडकलाई पहिलो प्राथमिकताको सडक (पी वान) बाट राष्ट्रिय राजमार्गमा स्तरोन्नति गरेको थियो । सडक काठमाडौंलाई तराईसँग जोड्ने छोटो सडकमा पर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x