×

NMB BANK
NIC ASIA

शिक्षा ऐन ल्याउने तयारी

फागुन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् ।

Muktinath Bank

विसं २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 उनले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताए । 


Advertisment
Nabil box
Kumari

 चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको  विष्णुदेवी माविको मन्त्री श्रेष्ठ र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माले संयुक्त रुपमा गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे। 

Vianet communication
Laxmi Bank

 २०७२ सालको भुकम्पबाट ध्वस्त र क्षतिग्रस्त विद्यालय पुन निर्माणमा भारत सरकारको सहयोग महत्वपुर्ण रहेको चर्चा गर्दै भने, 'यसले गर्दा दुई देशबीचको सम्बन्ध मजबुत भएको छ ।​'

उनले भने,'भारतले करिब ७० विद्यालय पुनःनिर्माण गरिरहेका छन् २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ यसको लागि नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्दछु ।'

सो अवसरमा उनले शिक्षकको पद र पेसालाई सम्मान गर्ने दायित्व सरकारको भएको बताउनुभएको छ । उनले अभिभावकले  विदेशमा सरकारी विद्यालयलाई पहिलो प्राथमिकता दिने गरेको उल्लेख गर्दै अब नेपालमा पनि सरकारी विद्यालयलाई व्यवस्थित बनाउनुपर्ने उल्लेख गरे। 

कार्यक्रममा बोल्दै काउन्सिलर शर्माले नेपालको विद्यालय पुन निर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रमा निरन्तर सहयोग रहने वचनबद्धता व्यक्त गरे।

उनले भने,'नेपाल र भारत बीचको सम्बन्धलाई थप मजबुत बनाउन यस किसिमको सहयोग निरन्तर रहनेछ ।' उनले भारतले विद्यालय पुनःनिर्माण बाहेक सम्पदा पुनः निर्माणमा समेत सहयोग गरेको चर्चा गरे। 

कार्यक्रममा ९ नम्बर प्रदेश सांसद केशव पोखरेल, वडा अध्यक्ष उत्तम राउत, विद्यालयका प्रधान अध्यापक दिवाकर चौधरी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी लगायतले बोलेका थिए ।  

भारत सरकारको करिब साढे ६ करोड ४८ लाख रुपिया लागतमा  निर्माण शुरु हुने सो विद्यालय भवन ३२ कोठे हुनेछ । ठेकेदार कम्पनीले  १५ महिनामा सम्पन्न गर्नुपर्नेछ । मन्त्री श्रेष्ठले १५ नभै १३ महिनामा सम्पन्न गरी हस्तान्तरण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x