कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
संसारमा महिलाको जनसंख्या आधाभन्दा बढी छ, नारीलाई ‘आधा आकाश’ भनिन्छ । तिनै सृष्टिकर्ता सिर्जनशील एवं कल्पनाशीलताका खानी नारी/महिलाको अवस्था समाजमा हेर्ने हो भने दोस्रो दर्जाको नागरिकको रूपमा स्थापित छ ।
आज ८ मार्च अथवा विश्व नारी दिवस । पुरुषको तुलनामा नारीहरूलाई गरिने विभेद, हेरिने नजर बेग्लै भएकाले नारी/महिला एक्काइसौं शताब्दिसम्म संघर्ष गर्दै आएका छन् ।
महिला सशक्तीकरण, समानता, लैंगिक हिंसा, लगायतका पक्षमा जोडदार आवाज उठाउन नारीहरूलाई एकत्रित गर्ने साझा मञ्चमा उपस्थित गराउने भनेर आज विश्वव्यापी रूपमा नारी/महिलाले सम्पूर्ण नारी जगतलाई समेट्ने गरेर आवाज मुखरित गर्दैछन् ।
नारी दिवसको इतिहास संयुक्त राज्य अमेरिकाबाट शुरू भएको पाइन्छ । अमेरिकाको न्यूयोर्क शहरस्थित एक कपडा मिलमा सन् १८५७, ८ मार्चका दिन महिलाहरूले सर्वप्रथम पुरुषसरह ज्याला पाउनुपर्छ भन्दै संगठित भएर आन्दोलन गरेपछि नारी आन्दोलनको शुरूआत भएको पाइन्छ । त्यसको ३ वर्षपछि सोही समूहले राष्ट्रिय स्तरको महिला सम्मेलन सम्पन्न गर्यो । त्यसपछि युरोपियन क्षेत्रमा सर्वप्रथम फ्रान्समा १८८९ मा आजकै दिन पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको महिला सम्मेलन भएपछि यसले अझ व्यापकता पाएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा नै महिलाहरूले पुरुषको दर्जामा आफूलाई उपस्थित गराउन ती अभियानले सार्थक रूप लिए । त्यसपछि विभिन्न देशमा विभिन्न वर्षहरूमा अन्तर्राष्ट्रिय स्तरको महिला अधिकारको लागि विशाल जुलुस, आमहड्ताल लगायतका क्रियाकलाप हुन थाले । संघर्षहरू, विश्वव्यापी रूपमा उठेको महिला आन्दोलनले सन् १९१० पछि हरेक वर्ष नारी दिवस मनाउने निर्णय गरेको देखिन्छ ।
यस पृष्ठभूमिबाट हुर्किएको महिला आन्दोलनले विश्वभर नारी पुरुष एकै हुन् । समान अधिकार र सहअस्तित्वका लागि लड्दै आएको एक शताब्दि पूरा गरिसकेको छ । मानवअधिकार सम्बन्धी घोषणापत्रको पहिलो धारामा भनिएको छ – सबै व्यक्ति जन्मजात स्वतन्त्र हुन्छन् र ती सबैको समान अधिकार तथा महत्त्व छ ।
महिलालाई आर्थिक, स्वास्थ्य सेवामा पहुँच हुन नसक्नु, शिक्षा, राजनीतिक रूपमा दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिनुले समाजमा महिला तल्लो स्तरमा खुम्चाएको छ । केही वर्षअघिको एक तथ्यांक हेर्ने हो भने संयुक्त राज्य अमेरिकामा महिलाको स्वामित्व भएको झण्डै १ करोड व्यापार व्यवसाय भएकोमा त्यसबाट कूल गार्हस्थ उत्पादनमा १२ खर्ब डलर बढीको योगदान पुगेको पाइएको थियो ।
नेपाल जस्ता कम विकसित देशहरू तथा विकासोन्मुख देशमा महिला अधिकार, समानता लगायतका पक्ष कागजी डकुमेन्टभन्दा माथि निस्किन सकेका छैनन् । समाजमा महिला–पुरुष दुवैको सहअस्तित्व छ । एक पक्ष विना अर्को पक्ष सबल नहुने भएकाले समाजमा पुरुषको एकल उपस्थितिले मात्र विकासका मार्गहरू प्रशस्त गर्न नसक्ने यथार्थता प्रस्ट भइसकेको छ ।
महिलालाई आर्थिक, सामाजिक र राजनीतिक अधिकारबाट टाढा राख्न खोज्नु पितृसत्तात्मक सोचको उपज हो । कार्यस्थलमा महिला सहभागिता बढ्नाले कार्यको प्रतिफलमा उल्लेख्य प्रभाव रहने अध्ययन एवं अनुसन्धानले देखाइसकेका छन् ।
समाजमा सबै महिलाको समान उपस्थिति छैन । सबै महिला अधिकारका लागि बोल्न सक्छन् भन्ने विश्वास गर्न नसकिने अवस्था छ । नेपाल जस्तो देशमा पारिवारिक र इज्जतको कारणले महिलाहरू आफूले भोगेका गलत व्यवहारविरुद्ध बोल्न सक्ने अवस्थामा छैनन् ।
संविधानले महिलाको न्यूनतम उपस्थितिलाई जोडतोडका साथ उठाएको छ तर कार्यान्वयनको चरणमा भने फितलो देखिएको छ । नेपाल पछाडि परेका देशहरूमध्ये यस्तो देश हो जसको राज्यका प्रमुख ३ अंगमा महिला प्रमुख प्राप्त गरिसकेको छ । वर्षौंको मेहनतबाट प्राप्त संविधानको उपलब्धि पश्चात् महिलाको उपस्थितिबारे राज्य खुला बन्न सकेको छ ।
नेपाली समाज अझै पनि पिछडिएको स्थितिबाट माथि निक्लिन सकेको छैन । राणाशासन, पञ्चायती शासनले महिला अधिकार र अस्तित्वलाई भूमिगत राख्न बाध्य बनायो । राज्यले महिला मूलधारमा ल्याउन चाहेकै देखिएन । अझ समाजका सिमान्तकृत वर्गका महिलाका सम्बन्धमा कुनै आवाज नै बन्न सकेन भन्दा हुन्छ । त्यसैले समाजमा सबैभन्दा पछाडि परेको अवस्थामा दलित महिलाहरू रहेका छन् । उनीहरूका समस्या अन्य महिलाभन्दा केही फरक छैनन्, बरु अझ बढी समाजको जन्जिरमा बाँधिएका छन् । असमानता र विभेदको चपेटामा परेका छन् ।
समाजमा भइरहेका यौन हिंसा, बलात्कारका घटनाले नेपालका महिला कति असुरक्षित छन् भन्ने देखाउँछ । अझ यहाँका सीमान्तकृत महिला कसरी यौन हिंसा र बलात्कारका घटनाहरू सहन बाध्य छन् भन्ने तीतो यथार्थता देखाउँछ । समाजमा पानी चल्दैन, बिहेवारी पनि हुँदैन तर एक पुरुषले उसको क्षणिक यौन भोगको लागि एक दलित महिलाको सजिलै बलात्कार गरेको छ र उसको ज्यान लिन समेत पछि परेको छैन । दैनन्दिन देखिने, हेरिने र सुनिने समाचारले हाम्रो समाजको कुरूप चित्र देखाइरहेको छ ।
नेपालमा पनि राणा शासनको अन्त्यपछि महिला आन्दोलनका आवाज मुखरित हुन थालेको देखिन्छ । मंगलादेवी सिंह, साहना प्रधानहरूले नेपालमा महिला आन्दोलनलाई शुरूआत गरेका थिए । महिला आन्दोलनका पक्षमा आवाज उठ्न थाल्दाखेरीका तत्कालीन समाजका समस्याहरू अझै पनि ज्यूँका त्यूँ छन् । महिला भएकै कारणले समाजमा बोक्सीको आरोप खेप्नुपर्ने, योनी भएकै कारणले बलात्कारीको अत्याचार भोग्नुपर्ने, कुटपिटका घटना सामान्य हुनु आजको नेपाली समाजमा पनि खासै पुरानो समस्या हुन सकेको छैन ।
नारी दिवस कुनै खुशीयाली मनाउने खाले उत्सव होइन । सदियौंदेखिको समाजको दमन, शोषणविरुद्ध आवाज बुलन्द गर्ने एक दिन मात्र हो । जाति, संस्कार, समाजको धर्म, वर्ग, हिंसा जस्ता लैंगिक विभेद र अमानवीय व्यवहारहरूविरुद्ध सम्पूर्ण महिलाले संयुक्त रूपमा आवाज र साझा धारणा बनाउने दिन हो ।
नेपालको संविधानले मौलिक हकको धारा ३८ मा महिलाको हकको रूपमा अधिकार सुनिश्चित गरेको छ भने कानूनले नै महिलालाई ३३ प्रतिशत अधिकार आरक्षण गरेको छ । यसर्थ आजको नारी दिवसले सम्पूर्ण महिलालाई आफ्ना अधिकारका पक्षमा बोल्ने बनाउन सक्नुपर्छ । समाजमा महिला र पुरुष कुनै पनि हिसाबले दोस्रो दर्जाको नागरिक हुन् भन्ने हुनु भएन । नारी दिवस २०२१ को सबैमा शुभकामना !
(लेखक गोतामे महेन्द्ररत्न बहुमुखी क्याम्पस ईलाममा बीएस्सी हर्टिकल्चर तेस्रो वर्षमा अध्ययनरत छिन् ।)
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...