×

NMB BANK
NIC ASIA

१८० डिग्री घुमेको राजनीति

भीरको डिलमा पुगेका ओलीको पुनरुदय !

फागुन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीसँग धेरै नजिकबाट संगत गरेकाहरू टिप्पणी गर्छन्– नेपालमा ओलीजत्तिको अड्डी भएको, चाम्रो, रणनीतिक र चतुर राजनीतिक खेलाडी कमै छन् । समयक्रममा ओलीमा निहित यी विशेषता (कसैलाई मन परे पनि नपरे पनि) पुष्टि हुँदै आएका छन् । 

Muktinath Bank

ओलीको भाषा, शब्द, बोली र प्रस्तुति प्रायःलाई छुचो लाग्छ । जानकारहरू भन्छन्– भित्रभित्रै ओलीले जुन रणनीति बुनिरहेका हुन्छन् र तिनलाई गोप्य राखेका हुन्छन्, बाहिर उनले बोल्ने कुरा त केबल पाँच प्रतिशत मात्र हो । त्यो पनि नेता, कार्यकर्ता र परिस्थितिलाई तौलन मात्र व्यक्त हुने हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले कतिपय रणनीतिक योजना आफूसँग अत्यन्तै निकट मानिएकासँग पनि शेयर गर्दैनन्, भनिन्छ ।


Advertisment
Nabil box
Kumari

सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना गरेपछि चौतर्फी दबाबमा रहेका प्रधानमन्त्री ओली सर्वोच्चको फागुन २३ को फैसलापछि फेरि एकपटक शक्तिशाली देखिएका छन् ।

Vianet communication
Laxmi Bank

‘बर्थ डे’ संयोग !

लोकान्तर प्रतिनिधिसँगको कुराकानीमा नेपाली राजनीतिलाई नजिकबाट नियाल्ने एक राजनीतिक विश्लेषकले रोचक प्रसंग सुनाए । 

उनको दाबी छ, संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फागुन ११ को फैसला (जुन दिन ओलीको जन्मदिन परेको थियो) ओलीका लागि अप्रत्यासित मात्र थिएन ।

खासगरी जुन दिन फैसला आयो त्यसप्रति ओली निकै नै असन्तुष्ट थिए । संसद् पुनःस्थापना हुन पनि सक्छ भन्ने त ओलीलाई लागेको थियो । तर, आफ्नै जन्मदिनमा हतार–हतार फैसला आउला भन्ने उनले कल्पनै गरेका थिएनन् ।

आफ्नो जन्मदिनमा आफ्नो विरुद्धमा फैसला आउँदा ओलीले निकै ठूलो अपमान महसूस गरेका थिए । 

संयोग कस्तो भने हिजो (फागुन २३) मा एमाले ब्युँतिएको दिन नेता माधव नेपालको जन्मदिन परेको थियो । 

अब के हुन्छ ?

विश्लेषक, जानकार र प्रभावशाली नेताहरूको बुझाइलाई हेर्दा सर्वोच्चको हिजोको फैसलाले नेपाली राजनीति कता जान्छ ? तत्काल प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्छ कि पर्दैन जस्ता विषयको बल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोर्टमा पुर्‍याएको छ । हिजोको फैसलापछि प्रचण्ड तत्कालीन नेकपा माओवादी केन्द्रको अध्यक्षका रूपमा उभिन पुगेका छन् । पूर्व माओवादी पार्टीको संसदीय दलको नेता पनि प्रचण्ड नै हुन् ।

ओलीलाई प्रधानमन्त्रीका लागि दिएको समर्थन फिर्ता लिने या नलिने भन्ने विषय प्रचण्डको निर्णयमा भर पर्छ । प्रचण्डसँग अहिले (पूर्व माओवादी खेमाबाट) ५३ जना सांसद छन् । तर, प्रधानमन्त्री ओलीले हिजै (फागुन २३ गते साँझ) बालुवाटारमा बोलाएको आफू पक्षीय संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता लिएमा आफूले विश्वासको मत सहजै लिने कुरा दृढ निश्चय र आत्मविश्वासका साथ सुनाएका थिए ।

ओलीको आत्मविश्वासी त्यो अभिव्यक्ति सुनेका एक नेताका अनुसार विश्वासको मत लिन्छु भनेर आएको भनाइले आफू नेतृत्वको सरकारले नै निरन्तरता पाउँछ र त्यसका लागि तयारी पूरा भइसकेको छ भन्ने अर्थ स्पष्ट लगाउन सकिन्थ्यो ।  

माधव नेपाल र झलनाथ खनालका विकल्प 

सर्वोच्चको फैसलापछि धेरैको चासो छ– प्रचण्डसँग मिलेर ओलीलाई काउन्टर दिइरहेका माधव नेपाल र झलनाथ खनालको अवस्था अब के हुन्छ ? लोकान्तरसँगको कुराकानीका क्रममा विश्लेषक र जानकारहरूले माधव नेपाल र झलनाथ खनालका सामु अब ४ वटा विकल्प रहेको विश्लेषण सुनाए । 

पहिलो – सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै नेकपा एमालेमा रहेर काम गर्ने ।

दोस्रो – एमालेबाट राजनीतिक र कानूनीरूपमा अलग हुने । यो कार्यान्वयन हुन गाह्रो छ या यो कदम चाल्न नेपाल, खनाललाई सहज छैन । त्यसका लागि नेपाल, खनाल पक्षले केन्द्रीय कमिटी र संसद्मा ४० प्रतिशत पुर्‍याउनुपर्छ ।

केन्द्रीय कमिटी र संसद्मा रहेका ४० प्रतिशत सदस्यले नेपाल, खनाललाई सहयोग गर्नुपर्छ या उनीहरूतर्फ लाग्नुपर्छ । अंकगणित हेर्दा नेपाल, खनालसँग ४० प्रतिशत पुग्ने देखिँदैन । अर्को माधव नेपाल र खनालसँग रहेका अधिकांश केन्द्रीय कमिटी सदस्य र सांसदहरू पनि विभाजनको पक्षमा छैनन् । 

तेस्रो – संसद् सदस्यता परित्याग गरेर प्रचण्ड नेतृत्वको माओवादीमा विलय हुने या नयाँ नामको कुनै पार्टी जन्माएर त्यता लाग्ने ।

चौथो – राजनीतिबाट अलग हुने । यति लामो समय राजनीतिमा जीवन समर्पण गरेका नेपाल, खनालका लागि राजनीतिबाट पूरै अलग हुने विषय शायद अनुमानको विषय पनि होइन ।  

दुवै पक्षका नेताका अनुसार हिजै साँझदेखि नेपाल–खनाल समूहका अधिकांश नेताहरू ओली पक्षीय नेताहरूको बाक्लो सम्पर्कमा आएका छन् ।

उनीहरूले ओलीका कतिपय कार्यशैलीप्रति विमति जनाउँदै भन्न थालेका छन्– यदि ओलीले सबैको साझा नेता भएर काम गर्नुहुन्छ र अविभावकत्व प्रदान गर्नुहुन्छ भने हामी उहाँलाई नेता मानेर आउन तयार छौं । 

ओलीतिर लागेका पूर्व माओवादी नेताको अवस्था के हुन्छ ?

सर्वोच्चको फैसलापछि अत्यधिक सोधिने अर्को प्रश्न हो– प्रचण्डलाई छाडेर ओलीतिर लागेका पूर्व माओवादीका केही प्रभावशाली नेताको अवस्था के हुन्छ ? यो प्रश्न ओली नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरू रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी लगायतप्रति लक्षित छ । यी सबै मन्त्रीहरू सर्वोच्चको फैसलालगत्तै हिजो साँझ बालुवाटार पुगेर ओलीसँग छलफल गरेका थिए ।

त्यो छलफलमा सहभागी एक नेताका अनुसार पूर्व माओवादीका यी नेताले ‘बरु हामी संसद् सदस्यता परित्याग गर्न तयार छौं तर तपाईं (ओली)को साथ छाड्दैनौं । हामी तपाईंले नेतृत्व गर्ने नेकपा एमालेमा क्रियाशील हुने निष्कर्षमा पुगेका छौं’ भनेका थिए ।

उनीहरूले ओलीसँग गरेको कुराकानी सुनाउँदै एक नेताले भने ‘एउटा राजनीतिकर्मीले अदालतको फैसलाको आधारमा होइन, राजनीतिको आधारमा निर्णय लिनुपर्छ । हामीले फैसला मानेर अघि बढ्दा र तपाई (ओली)लाई नेता मानेर बस्दा आवश्यक पर्छ भने सांसद् पद पनि त्याग्न तयार छौं । हाम्रा लागि सांसद पद गौण विषय हो ।’

प्रचण्डको अवस्था के हुन्छ ?

प्रचण्डनिकट एक नेताका अनुसार बाहिर सारमा जे भनेपनि सर्वोच्चको हिजोको फैसलाबाट पुष्पकमल दाहाल (प्रचण्ड) बेखुशी छैनन् । सर्वोच्चको फैसलालगत्तै उनी निकट नेता देव गुरुङले सञ्चार माध्यममा भनेका थिए–न्याय पनि टाइममा दिनुपर्थ्यो, बेठीक टाइममा न्याय दिने काम भयो भन्ने लाग्छ । 

लोकान्तरसँग सम्पर्कमा आएका प्रचण्डनिकट ती नेताका अनुसार प्रचण्डकै सहमतिमा नेता गुरुङले सञ्चारकर्मीलाई त्यस्तो प्रतिक्रिया दिएका हुन् । ‘प्रचण्ड ओलीसँग मिल्न पनि नसक्ने र छुट्टिन पनि नसक्ने निकै ठूलो दोधार, चेपुवा र चपेटामा थिए । सर्वोच्चको फैसलाले बाहिर जेसुकै व्याख्या र टिप्पणी गरिए पनि प्रचण्डलाई एक किसिमले हाइसञ्चो भएको छ ।

अब उहाँलाई मूभ गर्न पनि सजिलो हुने भएको छ,’ हिजोको फैसलापछि प्रचण्डसँग भेट गरेका एक नेताले भने । 

अबको राष्ट्रिय राजनीति ?

जानकारहरूका अनुसार प्रचण्ड नेतृत्वको माओवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएमा पनि ओलीले संसदबाट विश्वासको मत लिने र अहिलेकै सरकारले निरन्तरता पाउने सम्भावना उच्च छ । त्यसका लागि ओलीसँग विभिन्न विकल्प छन् । 

पहिलो विकल्प– माओवादी पार्टी फुट्न सक्छ । माओवादीको एउटा हिस्सा ओलीसँग आउन सक्ने विषय टड्कारो रहेको विश्लेषकहरूको भनाइ छ । 

खासगरी बादल, रायमाझी, भट्ट र शाह लगायतका नेताहरू तत्काल माओवादीलाई औपचारिक रूपमा छाडेर ओलीतिर आउन सक्छन् । 

एक नेताको दाबीअनुसार कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, चक्रपाणि खनाल लगायतका प्रचण्डपक्षीय नेताहरूले पनि वामपन्थी गठबन्धनकै सरकार बन्नुपर्ने धारणा राख्दै आएका छन् ।

उनीहरूले वामपन्थी नेतृत्वको सरकार टिकाउन प्रचण्डलाई मनाउने अधिकतम् प्रयास गरिरहेका छन् । वामपन्थी नेतृत्वको सरकारलाई निरन्तरता  दिनुपर्ने विषयमा खासगरी नेता महरा र लेखराज भट्टका बीचमा सघन छलफल शुरू भएको स्रोतको दाबी छ ।

ओलीको दोस्रो विकल्प – जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा सरकारलाई निरन्तरता दिने । जसपामा खासगरी महन्थ ठाकुर र उपेन्द्र यादव प्रभावशाली मानिन्छन् ।

यी दुईमध्ये ठाकुर ओलीसँग निकट छन् भने यादव प्रचण्डसँग । जसपाकै एक नेताको दाबीअनुसार अशोक राई, राजेन्द्र श्रेष्ठ र हेमराज राईहरू पनि उपेन्द्रको नेतृत्वबाट अलग भएर ओलीसँग सहकार्य गर्न इच्छुक देखिएका छन् । ‘महन्थ ठाकुर र अशोक राई एक ठाउँमा हुँदा जसपाको ठूलो हिस्सा उनीहरूसँगै हुने निश्चित जस्तै छ,’ जसपाकै एक नेताले दाबी गरे । 

नेपाली कांग्रेसले अब के गर्न सक्छ ?

जानकारहरूका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै नेतृत्वमा सरकार बन्छ भने कांग्रेस सरकारमा जानुपर्छ भन्ने योजनामा छन् ।

खासगरी देउवाका दुईवटा दाउ छन् । एउटा सरकारमा गएपछि चुनावमा आशातीत परिणाम हात पार्न सहज हुन्छ, अर्को प्रधानमन्त्री भएको अवस्थामा पार्टीको महाधिवेशन गर्न पाए फेरि पार्टी सभापति निर्वाचित हुन सहज हुन्छ । देउवाले प्रचण्डसँग मिलेर सरकारमा जाने सम्भावना नरहेको आफू निकटहरूसँग बताइसकेको स्रोतको दाबी छ ।

तर, काँग्रेसका कृष्णप्रसाद सिटौला, शंशाक कोइराला, शेखर कोइराला, रामचन्द्र पौडेल र प्रकाशमान सिंह लगायतका नेताहरू चाहिँ जसरी पनि देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने रणनीतिमा लागेको स्रोतको दाबी छ । ‘देउवालाई सम्भावित प्रधानमन्त्री हुनबाट रोक्नका लागि उनीहरूले हदैसम्मको प्रयास जारी राखेका छन्,’ स्रोतले भन्यो, ‘राजनीति अनेक सम्भावनाको खेल हो । देउवा र ओलीबीच गठबन्धन बन्यो भने पनि आश्चर्य नमाने हुन्छ ।’

र, राष्ट्रिय राजनीतिमा ओलीको पुनरुदय !

खासगरी संसद् पुनःस्थापनापछि चौतर्फी दबाब र घेरामा परेका प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतको हिजोको फैसलापछि सर्वाधिक शक्तिशाली नेताका रूपमा फेरि उदाएको विश्लेषकहरूको भनाइ छ ।

विद्यमान संसद्मा ओली अध्यक्ष रहेको नेकपा एमाले नै सर्वाधिक सिट भएको ठूलो पार्टी हो । त्यस हिसाबले ओली शक्तिशाली नेताका रूपमा रहनेछन् । तर, अभिव्यक्ति, सहकर्मीहरूसँगको व्यवहार, आफ्नै सचिवालयको टीम, सरकारी निर्णय र कदमहरूबाट पटक–पटक विवाद र चर्चामा आइरहने ओलीले संसद्मा ठूलो दलको हैसियतमा राष्ट्रिय राजनीतिलाई कुन गति र दिशामा लैजान्छन् त्यो उनको व्यवहारमा निर्भर गर्छ । 

उही शैली, उही बोली, निर्णय र व्यवहारले ओली फेरि विवाद र घेरामा पर्ने निश्चित छ । तर, बोली र व्यवहारमा थोरै सुधार गरेर, सहकर्मी साथीहरूलाई पेलेर नभई एकताबद्ध बनाएर अघि बढ्न इमान्दार प्रयास गरे भने केही समय नेपालको राष्ट्रिय राजनीति ओलीकै वरपर घुम्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x