बीमा रकमको लोभमा श्रीमतीको हत्या

भैरहवा । बीमा रकम पाउने लोभमा श्रीमान र देवर मिलेर रुपन्देहीमा एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उनँकै श्रीमान् र देवर मिलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
 बीमाको रकम आफूले पाउने लोभमा लोधका पति शैलेसकुमार लोध र देवर राजेशकुमार लोध मिलेर हत्या गरेको प्रहरीले उल्लेख गरेको छ। हत्याको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो। “घरायसी झैँ–झगडा र श्रीमतीको बीमासम्बन्धी विषयका कारण कुशुमको हत्या उहाँकै पति शैलैस र देवर राजेशले गरेको खुलेको हो”– जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले भने, गोरखापत्रमा खबर छ ।

 


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्