×

NMB BANK
NIC ASIA

बयलगाडा लोप हुने अवस्थामा

फागुन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सप्तरी । सवारी साधन जस्तोसुकै भए पनि सबैको आफ्नै खालको महत्व र विशेषता रहेको पाइन्छ । परापूर्वकालदेखि निर्विकल्प रूपमा रहेको एक मात्र सवारी साधन बयलगाडा (गोरुगाडा) लाई आधुनिक सवारी साधनले पछाडि पारिए पनि बयलगाडाको निकै महत्व रहेको छ ।

Muktinath Bank

 सुरक्षित, आरामदायी एवं भरपर्दो यात्राका लागि बयलगाडा उपयुक्त रहेको बूढापाकाहरू बताउँछन् । यात्रासँगै मालसामान ढुवानीमा पनि महत्वपूर्ण सवारीका रूपमा रहेको ८० वर्षीय वृद्ध सीताबीप्रसाद साहले भने, “हाम्रो परिवार, गाउँसमाज, छरछिमेक तथा नातेदार एवं कुटुम्बहरूको विवाहको मुख्य सवारी बयलगाडा नै हुन्थ्यो। त्यतिबेला विवाहमा जतिवटा बयलगाडा लगिन्थ्यो, त्यति नै जन्ती (बेहुला पक्ष)को सान उच्च हुन्थ्यो,” उनले भने, “समाजका प्रत्येक घरमा कम्तीमा एउटा बयलगाडा हुन्थ्यो। अहिले सिङ्गो गाउँमा एक÷दुईवटा बयलगाडा होला ।” काठ र बाँसले बनाइएको बयलगाडा बैल (गोरु)को गतिअनुसार चल्ने गर्दा ढिलो पुगिने गरेको हुँदा दुर्घटना नहुने, विरलै दुर्घटना भए पनि मानवीय क्षति नहुने, गम्भीर घाइते नहुने, बाटोमा बिग्रिँदै नबिग्रिने, इन्धन पनि खर्च नहुने, जस्तोसुकै बाटोमा गुडाउन सकिने विशेषता रहेको अर्का वृद्ध रामप्रसाद चौधरीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 धुलो, माटो, हिलो, खेत, नदी नाला, हाट बजार, गल्लीसम्म सहज रूपमा पुगिने गरेको बयलगाडा घाम, वर्षा वा खुला रूपमा सवार भएर जाने गरेको थियो। विवाहमा दुलही ल्याउँदा गाडामा पालकी (स्थानीय भाषामा ओहार)मा राखेर बसाउने गरिन्थ्यो। बयलगाडामा बयलगाडा ठोकिएको, अनियन्त्रित भएर दुर्घटना भएको र दुर्घटनामा कसैको मृत्यु भएको खबर सुन्न नपाएको वृद्धा करयाहीदेवी खङ्गले बताइन् ।  यसले बयलगाडामा सवार भएर जाने परिवारमा दुर्घटना हुने चिन्ता नै थिएन, उनले भनिन््– चिन्ता एउटा कुराको मात्र हुन्थ्यो, सूर्य अस्ताउनुभन्दा पूर्व गन्तव्यमा पुग्ने। त्यतिबेला बयलगाडा सवारीका लागि मात्र प्रसिद्ध साधन थिएन, परिवारको गर्जो टार्ने मुख्य आयस्रोत साधनका रूपमा रहेको अर्का वृद्ध कारी यादवले भने, बयलगाडा जोतेर (भाडामा चलाएर) घर खर्च चलाउनुका साथै आर्जन गरिन्थ्यो। सप्तरीको राजविराज सहर पूर्व घना जङ्गल रहेको स्मरण गरे । गोरखापत्रमा खबर छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x