×

NMB BANK
NIC ASIA

शरीरका यी १०७ मर्मस्थानमा आघात पुगे निधन हुनसक्छ !

फागुन २५, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधन समेत हुनसक्ने भएकाले यस विषयमा जानकारी गराउन ३ दिने मर्म चिकित्सासम्बन्धी तालिम शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले सोमवारदेखि ३ दिने मर्म चिकित्सासम्बन्धी तालिम शुरू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयुर्वेद स्वास्थ्य संस्थाका ३० कविराज र वैद्यलाई सोमवारदेखि तालिम शुरू गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्राचीनकालमा मर्मस्थानमा कवच लगाएर सुरक्षा गर्ने गरिएकामा हाल यी स्थानको ज्ञानको अभावमा चोटपटक लाग्दा मानिसको एक्कासि निधन समेत हुने गरेको छ । कसैलाई जानेर वा नजानेर मर्मस्थानमा हिर्काउँदा तत्कालै निधन भई पश्चाताप गर्नुपर्ने घटना पनि भएका छन् । यही विषयमा जानकारी गराउन मर्म चिकित्सासम्बन्धी तालिम शुरू गरिएको हो ।

Vianet communication
Laxmi Bank

दुवै हातमा ११/११ गरी २२ वटा मर्मस्थान हुन्छन् । यसैगरी गोडामा पनि ११/११ गरी २२ नै मर्मस्थान हुन्छन् । यसैगरी पेट र छातीमा १२ मर्मस्थान हुन्छन् । ढाडको भागमा १४ मर्मस्थान हुन्छन् । घाँटीभन्दा माथि ३७ मर्मस्थान हुन्छन् । तिनलाई ऊध्र्वजत्रुगत मर्म भनिन्छ ।

मानव शरीरमा सधः प्राणहर मर्म १९ वटा हुन्छन् । दुर्घटना वा चोटपटकका क्रममा मर्मस्थानमा आघात परे घटनास्थलमै मानिसको निधन हुनसक्छ । यस्ता मर्मस्थान टाउकामै ७ वटा रहेको कार्यकारी निर्देशक यादवले बताए । यसैगरी घाँटीमा ८ मर्मस्थान छन् ।

गुदा क्षेत्रमा एउटा यस्तो मर्मस्थान छ । शरीरमा क्लान्तर प्राणहर मर्म ३७, विशल्यघ्न ३, वैकल्य कर ४४ र रुजाकर नामका मर्मस्थान ८ वटा हुन्छन् ।

मर्मस्थानमा प्राणको बास हुने भएकाले आघातका क्रममा मृत्यु समेत हुने गरेकाले चिकित्सकमार्फत मानव समुदायलाई जानकारी गराउन लागिएको हो ।

यससम्बन्धी ज्ञान भएमा स्नायु प्रणालीका कारण शरीरमा लाग्न सक्ने रोगबाट बच्न सकिने भएकाले तालिम आयोजना गरिएको केन्द्रले जनाएको छ । – पूर्णप्रसाद मिश्र/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x