×

NMB BANK
NIC ASIA

कला, साहित्य र सँस्कृतीको नयाँ मुकाम– सीजी उन्नति कल्चरल भिलेज

फागुन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रको कला, सँस्कृती, साहित्य, भेषभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीजी उन्नती कल्चरल भिलेज प्राकृतिक सुन्दरताकाबीच अवस्थित छ । चारैतिर हरियाली छ । यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन् ।


Advertisment
Nabil box
Kumari

चित्रमा थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारे जानकारी छन् । थारू जातिका दैनिकी झल्किने वस्तु छन् । यो कल्चरल भिलेजमा थारु समुदायको सिंगो तस्बिर कुँदिएको छ ।

Vianet communication
Laxmi Bank

भिलेजमा के–के छन् ?

चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको यस भिलेजमा आर्टस् एण्ड क्राफ्ट, कल्चर, गेष्ट स्पेस र एक्पिरियन्स लगायतका कम्पोनेन्टहरू रहेका छन् ।

आर्टस् एण्ड क्राफ्ट अन्तर्गत सम्पदा (आर्ट ग्यालरी),  रँगमञ्च (एमपीथियटर) बाटिका (गार्डेन अफ आर्टस्), निशर्ग सयर (नेचर वकवेज), क्राफ्ट म्युजियम, नेपाल क्राफ्ट, दि एटिलियर (क्रियटिभ स्टुडियो) रहेका छन् । 

कल्चर अन्तर्गत थारू गाउँ, बाहरी (लाइभ किचन), बडाघर (डाइनिङ) डबली, गदला मोद (बार) रहेका छन् । 

गेष्ट स्पेस अन्तर्गत कला घर (आर्ट होटल) बोधि कुञ्ज (आर्ट रेसिडेन्सी) देहारी (थारू घर), आथित्य (मल्टिपर्पोज ब्लक) रहेका छन् । 

एक्पिरियन्स अन्तर्गत आर्ट एण्ड क्राफ्ट, थारू कल्चर, यथ्निक कुजिन, हस्पिटालिटी, अर्गानिक फार्मिङ रहेका छन् ।   

सांस्कृतिक हिसाबले यहाँ थारू गाउँ छ । यसअन्तर्गत थारू डबली, थारू बार छन् । थारू बारलाई ‘गदला मोद’ नाउँ दिइएको छ । थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो । अरू संरचनाको नाउँ पनि यसैगरी राखिएको छ । भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न संस्कृतिका विषयलाई पनि प्रस्तुत गरिनेछ ।

करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ । कला र साहित्यको प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ सर्जकहरू आएर सिर्जना गर्न सक्छन् । अर्गानिक खेतीपातीको प्रवद्र्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ । यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनेछ । सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइनेछ ।

भिलेजमा ‘कल्चरल मल्टीपर्पस हल’ पनि हुनेछ, जहाँ कल्चरल ब्यांक्वेटिङ, सभासमारोह, बैठक, सांस्कृतिक प्रदर्शनी हुनेछन् । 

भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ । यसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ । यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्नेछन्, जसलाई यहीँ प्रदर्शनीमा राखिनेछ ।

भिलेजमा स्थानीय हस्तकलाका विभिन्न साधन उत्पादन पनि हुनेछन् । त्यसका लागि यहीँ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादनहरूलाई बजारसम्म पहुँच पुर्‍याउने योजना छ । नेपाली शिल्प एवम् कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ, जहाँ नेपाली शिल्पीका प्राचीन, मध्यकालीन र आधुनिक शिल्पहरू हुनेछन् ।

थारुसँगै अन्य समुदायका संस्कृतिलाई पनि भिलेजले समाहित गर्नेछ । नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ हुनेछन् । घाटु, सोरठीजस्ता नाच प्रदर्शन गरिनेछ ।

नेपालका सबै कलाकार एवम् साहित्यकार आएर यहाँ आफ्नो कला एवम् साहित्य सिर्जना गर्न सकून् भन्ने भिलेजको लक्ष्य हो ।

भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्छ नै, सँगै यसले स्वरोजगारीलाई पनि समानान्तर रूपमा बढाउनेछ । स्वरोजगारका बृहत्तर योजनामा भिलेजले काम गरिरहेको छ । स्थानीयलाई नै सहभागी गराइने भएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपंक्तिमा रहनेछन् ।

साहित्य महोत्सबको आयोजना 

यही सीजी उन्नती कल्चरल भिजेलमा फागुन २८ गतेदेखि उन्नतीसँगको सहकार्यमा दुईदिने ‘फाइनप्रिन्ट फिभर’ महोत्सव आयोजना हुँदै छ । सोही दिन कल्चरल भिलेजको उद्घाटनलगत्तै यो महोत्सव शुरू हुनेछ । 
महोत्सवमा कलाकार अनिल शाही र उनको ब्यान्डले सांस्कृतिक प्रस्तुति दिनेछ । वरिष्ठ कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले बोल्नेछन् । 

डा. बाबुराम भट्टराईसँग जीवन क्षेत्रीले ‘गुमनाम आमाका कथा’बारे कुरा गर्नेछन् । अभिनेतृ मनीषा कोइरालासँग पत्रकार स्वरूप आचार्यले ‘जिजीविषा’बारे विशेष संवाद गर्नेछन् । 

सांसद गगन थापा र व्यवसायी/लेखक जीवा लामिछानेबीच ‘देश देशावर’को कुरा हुनेछ । 

‘पुँजीवाद र स्वतन्त्र समाजका आधारहरू’मा लेखक/अध्येता हरि शर्मा र मुराहरी पराजुलीबीच छलफल हुनेछ । 

प्रतीक्षा कट्टेलले लेखक निरञ्जन कुवँरसँग उनको नयाँ पुस्तक ‘बिटविन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर कुरा गर्नेछिन् । 

‘क’ कविता संग्रहका लेखक असीम सागरसँग उपन्यासकार अमर न्यौपानेको संवाद हुनेछ । 

पत्रकार रवि लामिछाने र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच ‘राजनीतिमा राजकाज’माथि रोचक शास्त्रार्थ हुनेछ ।

सांसद प्रदीप गिरिले नागरिक आन्दोलन र देवेन्द्रराज पाण्डेमाथि विद्वत् प्रवचन दिनेछन् । 

आफ्नो पुस्तक पठनको शुरुवाती दिनबारे बोल्दै कलाकार राजेश हमालले पुराना दिन सम्झिनेछन् । 

युवाकेन्द्रित उपन्यासकार सुविन भट्टराई र भर्खर ‘रहर’ कथासंग्रह लिएर उदाएका सुरेश बडालबीच रमाइलो संवाद हुनेछ । 

डा. बाबुराम भट्टराई र सीजी फाउन्डेसन/सीजी कर्प ग्लोबका अध्यक्ष विनोद चौधरीबीच अर्थतन्त्र, विकास र समृद्धिबारे रोचक कुराकानी हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x