×

NMB BANK
NIC ASIA

जेसीबीले सम्मान गर्‍यो निर्माण क्षेत्रका महिलालाई, तालिम लिन चाहनेलाई छात्रवृत्ति पनि

फागुन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका लागि जेसीबी हेभि उपकरण तथा निर्माण उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले निर्माण क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । 

Muktinath Bank

एमएडब्लु जेसीबीले सोमवार कार्यक्रम आयोजना गरेर निर्माण क्षेत्रमा सक्रिय महिलाको योगदानको कदर गर्दै हाइड्रो डेभलपर, कन्ट्रयाक्टर, अपरेटर र अथराइज्ड रिटेल आउटलेटका संचालक गरी १३ जना महिलालाई सम्मान गरेको हो । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले उनीहरुलाई सम्मान गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मान कार्यक्रममा सम्मानित महिलाले पुरुषको दबदबा रहेको निर्माण तथा हेभि उपकरण क्षेत्रमा वर्तमान अवस्थासम्म आइपुग्न सामना गरेका चुनौतीहरुबारे अनुभव समेत सनाएका थिए । 


Advertisment
Nabil box
Kumari

‘पहिले पहिले साइटमा जाँदा आफू मात्र महिला हुने गथ्र्यो । आफैंलाई खिन्न लागेर आउँथ्यो,’ हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रा. लि., प्लानिंग एन्ड बिजनेस अनालाइसिस– भाइस प्रेसिडेन्ट अविज्ञा मल्लले भनिन्, ‘अहिले भने महिलाको सहभागिता बढिरहेको मैले पाएकी छु ।’

Vianet communication
Laxmi Bank

त्यसैगरी, नेपालकै पहिलो जेसीबी–सर्टिफाइड महिला अपरेटर मुना घिमिरे श्रेष्ठले पनि साइटमा आफूलाई महिला भएकै कारणले धेरैले जेसीबी चलाउँछिन् भन्ने विश्वास नगरेको बताउनु भयो ।  ‘अहिले पनि मैले मेसिन चलाएको देखेर मानिसहरु अचम्म मानेर हेर्छन् । धेरै ठाउँमा तिमीले सक्दैनौ भनेर हेपिएको पनि छु,’ उनले सनाइन् । 

कार्यक्रममा एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले निर्माण क्षेत्रमा महिलाको सहभागिता बढाउने उद्देश्यले अपरेटर वा मेकानिकको तालिम लिन चाहने महिलालाई फाउन्डेसनले ६७ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरिन् । 

‘महिलाहरु कुनै पनि हिसाबले पुरुषभन्दा कम हुँदैनन् । अहिले निर्माण क्षेत्रमा महिलाको सहभागिता कम छ । उहाँहरुलाई यो क्षेत्रमा काम गर्न प्रोत्साहित गर्न हामीले एमएडब्लु स्किल एकेडेमीसँग सहकार्य गरेर तालिम लिन चाहने महिलालाई दुईतिहाई छात्रवृत्ति दिने भएका छौं,’ उनले भनिन्, ‘अहिलेलाई यो पाइलट प्रोजेक्टको रुपमा यो सुरु भएको छ । यदि यो सफल भयो भने पाँच वर्षको अवधिमा एक हजार जना महिलालाई मेसिन अपरेटर, मेकानिक वा इन्जिनियर क्षेत्रको अन्य तालिमका लागि छात्रवृत्ति दिएर दक्ष महिला जनशक्ति तयार गर्ने लक्ष्य लिएका छौं ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x