×

NMB BANK
NIC ASIA

लुम्बिनीमा नयाँ जोडघटाउ

मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी संकटमा, ३ सांसद चाहिँदा पाइएला जसपाको टेको ?

फागुन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदातलले नेकपा एकता बदर हुने गरी आइतवार दिएको फैसलाको झड्का लुम्बिनी प्रदेशमा समेत परेको छ ।

Muktinath Bank

फैसला अगाडिसम्म पूर्व माओवादीका सांसद आफूतर्फ तानेर सरकारलाई खतरामुक्त बनाएका मुख्यमन्त्री शंकर पोखरेल नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि फेरि प्रदेश सभाको सत्ता समीकरणमा अल्पमतमा पर्ने देखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमाले र माओवादी केन्द्र पूर्व हैसियतमा फर्किएपछि अब पोखरेल नेतृत्वको सरकारलाई माओवादीले समर्थन गर्ने सम्भावना नरहन सक्छ ।


Advertisment
Nabil box
Kumari

सत्ता समीकरणको लागि मुख्यमन्त्रीले जनता समाजवादी पार्टीलाई सरकारमा ल्याएर सत्ता टिकाउने कदम चाल्न सक्ने देखिएको छ । त्यसको लागि सरकारका टोली र जसपाका नेताबीच छलफल अगाडि बढेको छ । जसपाले शंकर पोखरेल सरकारलाई साथ दिने आकलन गरिँदैछ ।

Vianet communication
Laxmi Bank

प्रदेश सभामा एमालेका ४१ सांसद छन् । सरकार टिकाउन थप ३ सांसद आवश्यक पर्छन् । पार्टी एकीकरणपछि बनेको समीकरणमा तत्कालीन नेकपाको संसदीय दलको नेता पोखरेल र उपनेता आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसी थिए ।

सर्वोच्चले एमाले र माओवादीलाई छुट्टाछुट्टै दल भनेर फैसला गरेपछि मुख्यमन्त्री पोखरेलको प्रदेश सरकार समेत अल्पमतमा पर्ने देखिएको छ । आवश्यक कदम चाल्नुअघि माओवादी पक्ष केन्द्रको आदेश हेरेर बसेको छ ।

८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री हुन ४४ मत आवश्यक पर्छ । माओवादीले समर्थन नगरे त्यो मत अहिले पोखरेलसँग पुग्ने देखिँदैन । नेकपा एमालेबाहेक माओवादी केन्द्रका २०, कांग्रेस १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद प्रदेश सभामा छन् ।

नेकपा एमालेबाहेक कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले बहुमत पुर्‍याएर छुट्टै सरकार बनाउन सक्ने अवस्थामा छन् भने मुख्यमन्त्रीले सत्ता बचाउन ३ पार्टीमध्ये एउटाको साथ पाए पनि हुन्छ । 
 
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर पनि सरकार बनाउन सक्ने अवस्था छ । 

फैसलाले अहिलेको प्रदेश सरकारमा माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई पनि अप्ठ्यारो आइलागेको छ । प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराल माओवादी तर्फका मन्त्री छन् । 

जसपासँग सत्ता समीकरणबारे छलफल भएको छ : सरकारका प्रवक्ता  

सरकारका प्रवक्ता, भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले अहिलेको सरकार कुनै हालतमा अप्ठ्यारोमा नपर्ने बताए । ‘अब कानूनी रूपमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ,’ प्रवक्ता चौधरीले भने, ‘माओवादीले समर्थन गरे ठीकै भयो । नत्र हामीलाई ३ सांसद जरूरत छ । हामीले सत्ता समीकरणको लागि जनता समाजवादी पार्टीसँग छलफल अगाडि बढाएका छौं । उहाँहरूबाट पनि साथ दिन सकिने आश्वासन आएको छ ।’

चौधरीले थपे, ‘यहीँ सरकार अझै २ वर्ष टिक्छ । तलमाथि हुँदैन । हामी ढुक्कका साथ अगाडि बढेका छौं ।’ 

सरकारमा जानेबारे छलफल अगाडि बढेको छ : प्रमुख सचेतक पाण्डेय  

जनता समाजवादी पार्टीले पनि सरकारमा जाने तयारी गरेको छ । जनता समाजवादी पार्टीका प्रदेशसभा प्रमुख सचेतक सन्तोषकुमार पाण्डेय सत्ता समीकरणका लागि सत्तापक्षसँग छलफल अगाडि बढाएको बताए । उनले भने, ‘मुख्यमन्त्री, प्रमुख सचेतक भूमिश्वर ढकाल लगायत नेताहरूसँग छलफल अगाडि बढेको छ । हामी सरकार ढलाउने र बनाउने खेलमा भन्दा एउटै सरकार ५ वर्ष टिकाउ होस् भन्ने उद्देश्य हो । सरकारलाई अप्ठ्यारो पर्‍यो भने साथ दिएर सरकारमा जाने तयारीमा छौं ।’ 

केन्द्रको समीकरण अनुसार अगाडि बढ्छौं : कनौडिया

कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरन्द्र कनौडियाले केन्द्रमा बन्ने समीकरण अनुसार अगाडि बढ्ने बताएका छन् । उनले एमालेबाहेक कांग्रेस, माओवादी र जसपा मिलेर पनि सरकार बनाउन विकल्प पनि रहेको भन्दै छलफल अगाडि बढेको बताए । 

‘परिस्थित अझै क्लीयर भएको छैन,’ कनौडियाले लोकान्तरसँग भने, ‘केन्द्रमा कुन–कुन दलको समीकरणले सरकार बन्छ । प्रदेशमा पनि त्यहीँ अनुसारको समीकरण अनुसार अगाडि बढ्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x