×

NMB BANK
NIC ASIA

एलआईसी (नेपाल)ले शेयरधनीहरूलाई १०.५३ % लाभांश दिने

फागुन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  

Muktinath Bank

साधारण सभाले आ.ब. २०७५/०७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश पारित गरेको छ जस अन्तर्गत १० प्रतिशत ​ वोनस शेयर र वोनस शेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आ.ब. २०७५/०७६ मा कम्पनीले १,८९,३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. ४२२.८३ करोड संकलन गर्न सफल भएको थियो । 


Advertisment
Nabil box
Kumari

२०७६ आषाढ मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७,३५,७४५ र कूल जीवन बीमा कोषमा रु. ५३८७.७३ करोड संकलन भएको छ । आ.ब. २०७५/०७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमालेख संख्यामा ४२.०९ प्रतिशत, लगानीतर्फ २३.६५ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ प्रतिशत को बृद्धिदर रहेको थियो । 

Vianet communication
Laxmi Bank

१८औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ । 

कम्पनीका अध्यक्ष एम.आर. कुमारले सवै शेयरधनीहरुलाई समय र सुझावका लागि धन्यवाद ज्ञापन गरे । उनले एलआईसी नेपालको १९औं (आ.ब. २०७६/७७) वार्षिक साधारण सभा पनि यथासक्य चाँडो सम्पन्न गरिने बताउँदै आ.ब. २०७६/०७७ मा  कोभिड १९ महामारीले व्यवसायमा असर गरेको जानकारी दिए । 

चालु आ.ब. २०७७/७८ को दोस्रो त्रैमासभित्र कम्पनीले राम्रो गरिरहेको बताउदै प्रथम बीमाशुल्क आर्जनमा २०.२४ प्रतिशत को बृद्धिदरकासाथ कूल वीमाशुल्क आर्जन रु. ९६१.१८ करोड आर्जन गरेको र कम्पनीको कूल जीवन बीमा कोषमा रु. ७,४२४.४९ जम्मा गर्न सफल भएको समेत जानकारी गराए ।

 उनले आफ्ना बीमितहरुलाई सदैव उच्चतम प्रतिफल दिइरहने प्रतिबद्धता जनाए। जीवन बीमाको माध्यमबाट देशकोे आर्थिक एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै कुमारले यस बीमकलाई नेपालमा सेवामुखी एवं उदाहरणीय जीवन बीमा कम्पनी बनाइ रहने प्रतिबद्धता व्यक्त गरे ।

सभामा संचालक समितिका अन्य संचालकहरु मुकेश कुमार गुप्ता, अशोक कुमार अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र लक्ष्मी प्रसाद दास उपस्थित थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x