एसियामा लोकतन्त्रसमर्थकहरूको ‘दूध चिया साझेदारी’ बन्दै

लोकतन्त्र समर्थकहरूबीचको एक्यबद्धता विगत केही महिनादेखि एसियाभरि देखिन थालेको छ । साइबरस्पेस र सडक दुवै ठाउँमा यस्तो साझेदारी देखिएको हो । 

अनौपचारिक ‘दूध चिया साझेदारी’ ले हङकङ, ताइवान, थाइल्यान्ड र म्यान्मारका राजनीतिक अभियन्ताहरूलाई एकताबद्ध गरेको छ । 


Advertisement

उनीहरूका मुलुकमा भिन्नाभिन्नै एजेन्डा भए पनि म्यान्मारमा दंगा प्रहरीसँग भिडेका प्रदर्शनकारीहरू थाइल्यान्डमा राजतन्त्र सुधारको माग गरिरहेका प्रदर्शनकारीसँग आत्मीयता राख्छन् । हङकङमा राष्ट्रिय सुरक्षा कानूनको विरोध गरिरहेका मानिसले चिनियाँ धम्कीको सामना गरिरहेका ताइावानीहरूसँग साम्य राख्ने गरेका छन् । 
 

थाइल्यान्डको चुलालङकर्न विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक थितिनान पोङसुधिरकले विभिन्न देशमा चलिरहेको आन्दोलनले निरंकुशताविरुद्ध लोकतान्त्रिक मूल्यमान्यताप्रति युवाको अपेक्षालाई प्रतिबिम्बित गरेको छ । 


Advertisement

कसरी बन्यो दूध चिया साझेदारी ?
हालैका महिनामा एसियाका लोकतन्त्रसमर्थक कार्यकर्ताहरूले अन्लाइन एक्टिभिजम परीक्षण गरिसकिएका विरोधका तरिका अपनाएरै कसरी एकीकृत संयुक्त अन्तर्राष्ट्रिय गतिविधिमा परिणत हुन्छ भनी देखाएका छन् । 

गत अप्रिल महिनामा एसियाली साझेदारी एक मजाकिया ह्याशट्यागबाट शुरू भएको हो । थाइल्यान्डका एक अभिनेताले हङकङलाई स्वतन्त्र मुलुकका रूपमा देखाउने तस्वीरलाई रिट्वीट गरेका थिए । 

चीनका राष्ट्रवादीहरूले थाइल्यान्डका ट्विटर प्रयोगकर्ताको कठोर आलोचना गरे तर उनीहरूकै मजाक उड्यो । 

हङकङ र ताइवानका नेट प्रयोगकर्ताहरू यस अन्लाइन झगडामा मिसिए अनि तीन मुलुकले चीनविरोधी मोर्चा खोले । उनीहरूले आफूलाई दूध चिया साझेदारी नाम दिए । दूध चिया पूर्वी र दक्षिणपूर्वी मुलुकका लोकप्रिय छ ।

यो अभियान यस क्षेत्रमा चीनको प्रभुत्वविरुद्ध उठेको भए पनि यसले निरंकुशतावादविरुद्धको बृहत् संघर्षलाई प्रतिनिधित्व गरेको छ । 

जोडियो म्यान्मार
म्यान्मारका युवा पनि सेनाले कू गरेर शासन हत्याएपछि सडकमा आएर प्रदर्शन गरिरहेका छन् । केही विरोधकर्ताहरू लोकतन्त्रका लागि विभिन्न मुलुकले बनाएको सञ्जालका नयाँ सदस्य हुन् । 

‘धेरै जसो युवा विरोधकर्ताहरूका लागि एसियाका अन्य युवासँग मिलेर दूध चिया साझेदारीमा भाग लिनु भनेको सेनाको निरंकुश शासनविरुद्धको अस्वीकारलाई प्रतिनिधित्व गर्नु हो,’ लन्डनको क्वी मेरी विश्वविद्यालयका भिजिटिङ स्कलर रोनन लीले बताए । 
 

म्यान्मारको सेनाले लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेयता ५० जनाभन्दा बढी मारिएका छन् र लगभग १५ सयजना पक्राउ परेका छन् । 
 

म्यान्मारको सेनाले सन् १९६२ देखि लगभग पाँच दशकसम्म देशको शासन चलाएको थियो । प्रमुख राजनीतिकर्मी तथा कार्यकर्तालाई पक्राउ गरी आन्दोलन दबाउन सकिने अपेक्षा सेनाले गरेको थियो । ‘तर म्यान्मार विरोधमा सेनाले अपेक्षा गरेभन्दा बढी नेता छन् र हजारौंजना पक्राउ परे पनि विरोध प्रदर्शन जारी छन्,’ लीले बताए । 

दूध चिया साझेदारीबाट सिकिएका विविधतापूर्ण नेतृत्व संरचनाले म्यान्मारका विरोधकर्ताहरूलाई विरोध दबाउने सेनाको प्रयासलाई विफल तुल्याइरहेका छन्,’ उनले थपे । 
ह्याशट्यागबाट एसियाली आन्दोलनसम्मको यात्रा
 

बहुराष्ट्रिय एक्यबद्धताको पछिल्लो नमूनाका रूपमा एसियाभरिका अभियन्ताले सडक प्रदर्शन गरेर म्यान्मारका विरोधकर्तासँग एक्यबद्धता देखाएका छन् । 

केहीले तीनवटा औंलाको सलाम सहितको तस्वीर राखेर अन्लाइन विरोध गरेका छन् । द हंगर गेम्स फिल्म ट्राइलोजीबाट लिइएको यो जेस्चरलाई थाइल्यान्डमा लोकतन्त्र समर्थक आन्दोलनकारीले पनि उपयोग गरेका थिए । 

लोकतान्त्रिक भविष्यको खोजी
हङकङ र थाइल्यान्डमा लोकतन्त्रसमर्थक अभियन्ताहरूलाई अधिकारीहरूले धरपकड गरिरहँदा उक्त क्षेत्रमा ठूलै राजनीतिक परिवर्तन हुने सम्भावना देखिँदैन । 

प्राध्यापक थितिनानका अनुसार, दूध चिया साझेदारी थप बढ्दै जाने अवसरहरू छन् र निरंकुशतावादी शक्तिको सामना गर्नका लागि थप मजबूत सहकार्य आवश्यक छ । 
 

डोयचवलमा प्रकाशित सामग्री

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्