२३.२२ अंकले घट्यो शेयर बजार

मंगलवार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक २३.२२ अंकले घटेर २४६१.८८ अंकमा सीमित भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।


Advertisement

कारोबारमा आएका कुल २ सय १० कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँमा कारोबार भएको छ ।

यसदिन होटल तथा पर्यटन उपसमूह २.९८, जलविद्युत् १.८ र म्यूचुअल फन्ण्ड ०.०७ प्रतिशतले बढेको छ ।


Advertisement

आज सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा हिमालयन उर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेपलपर्स, राइराङ हाइड्रो डेभलपमेन्ट र युनाइटेड फाइनान्स छन् ।

त्यसैगरी सबैभन्दा बढी सपोर्ट माइक्रो फाइनान्सले गुमाएको छ ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्