सत्ता सहकार्यबारे वार्ता गर्न एमाले र जसपाको ५ सदस्यीय संयुक्त कार्यदल बनिसकेको खुलासा

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता सहकार्य गर्न ५ सदस्यीय संयुक्त कार्यदल बनिसकेको खुलासा भएको छ ।

मंगलवार बसेको जसपा संसदीय दलको बैठकमा अध्यक्ष महन्थ ठाकुरले वार्ता टोली गठन भएको जानकारी गराएका हुन् । 


Advertisement

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको विषयमा प्रश्न उठेपछि ठाकुरले वार्ता टोली गठन भएको जानकारी गराएका हुन् ।

बैठकमा सहभागी एक सांसदका अनुसार वार्ता टोलीमा एमालेका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् । 


Advertisement

पूर्व राजपाको हैसियतमा सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्ता टोलीका सदस्य रहेको ती सांसदले लोकान्तरलाई जानकारी दिए । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न जसपा संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्