भक्तपुरमा आगलागी

भक्तपुरको सूर्यविनायकमा आज पाँच पसलमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोजबहादुर घिसिङले सञ्चालन गरेको मासु पसलबाट शुरु भएको आगलागी अन्य चार पसलमा समेत फैलिँदा करीब रु १२ लाख ६० हजार बराबरको सामान जलेर क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
    
अचानक बिजुलीको तार सर्ट भई घिसिङको पसलमा आगलागी भएपछि सँगैका अन्य पसलमा समेत सल्किएर आगलागी भएको उनले जानकारी दिए ।


Advertisement

त्यसैगरी आजै भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोट बेसीस्थित ९२ वर्षीया पाडासैनी तामाङको दुई तले कच्ची घरमा आगलागी हुँदा रु आठ लाख ५४ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।रासस


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्