२७ जेठ २०८३, बुधबार

काठमाडौं मेयर कप क्रिकेटमा एपीएफ क्लबसामु १७८ रनको लक्ष्य

फागुन २७, २०७७
काठमाडौं मेयर कप क्रिकेटमा एपीएफ क्लबसामु १७८ रनको लक्ष्य
प्रतिकात्मक तस्वीर

काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर ११ ले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसामु जीतका लागि १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा एपीएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौं मेयर ११ ले ब्याटिङ गरेको हो । 

काठमाडौं मेयर ११ ले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७७ रन बनायो । काठमाडौं मेयर ११ का लागि सन्दीप रजालीले ४८, हरिशंकर साहले ३६, विक्रम भुसालले २०, खड्ग बोहराले १३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन बनाए । बलिङतर्फ एपीएफका अविनाश बोहरा र कमलसिंह ऐरीले ३–३ तथा वसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले १–१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल भइरहेको छ । बाग्मतीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ ।

बाग्मतीले ४६ ओभरमा ७ विकेटको क्षतिमा २४४ रन बनाएको छ । बाग्मती प्रदेशबाट खेलिरहेका पारस खड्काले शतकीय पारी खेले । खड्काले १३३ बल खेल्दै ११९ रन बनाए । उनले यस क्रममा २ छक्का र ११ चौका प्रहार गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्