कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेका नेता माधवकुमार नेपाललाई पिन्च हुनेगरी गतिविधि नगर्न आफ्ना नेता तथा कार्यकर्तालाई अपील गरेका छन् ।
शुक्रवार बुटवलमा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेता नेपालनिकट नेताहरूलाई पनि कुनै कदम चाल्नुअघि पार्टी हेडक्वार्टरसँग सम्पर्क गर्न सुझाव दिएका हुन् ।
'हाम्रा कुनैपनि गतिविधिले माधवजीहरूलाई पिञ्च नहोस्,' अध्यक्ष प्रचण्डले भने, 'एमाले यही रूपमा एक रहने अवस्थै छैन । जो हामीसँग विचारमा, भावनामा नजिक हुन खोजिरहनुभएको छ, संगठनात्मक रूपमा केही कदम चाल्नुअघि पार्टी हेडक्वार्टरसँग सम्पर्क राख्नुहोला ।'
उनले संसद विघटनपछि नेता नेपालसँग वैचारिक र भावनात्मक सम्बन्ध विकसित भएको बताए ।
'पुनः एकपटक पार्टी एकता गरौँ भनेर उहाँहरूले उता प्रस्ताव राख्नुहुन्छ,' प्रचण्डले भने, 'माधवजीहरु फर्किएपछि केपीले जे मन लाग्यो त्यो गर्न सक्नेछैनन् । त्यहाँ ठूलै झमेला हुनेवाला छ, मलाई चाहिँ माधवजीलाई कसरी रेस्क्यु गर्ने भन्ने टेन्सन छ ।’
उनले थपे – 'पूर्व एमालेसँग सम्बन्धित जिम्मेवार कमरेडहरू अब एमालेमा जान्नौं भनेपनि एकपटक हेडक्वार्टरसँग सम्पर्क राख्नुहोला । अनि बल्ल निर्णय लिनुहोला ।'
प्रचण्डले या त नेता नेपाल पक्षले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति आउने, नत्र विद्रोह गर्ने स्थिति बन्न सक्ने भविष्यवाणी गरे ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...