काठमाडौं, ९ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरुले सामूहिक फोटो खिचाएका छन् ।
मंगलवारको मन्त्रीपरिषद् बैठकपछि प्रधानमन्त्री सहित मन्त्रीपरिषद्का सदस्यहरुले सामूहिक फोटो खिचाएका हुन् । २०७३ साल साउन २० गते गठित प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्का सदस्य र मुख्यसचिवले सामूहिक फोटो खिचेका छन् ।
प्रधानमन्त्रीले मंगलवार संसदलाई सम्बोधन गर्नुअघि मन्त्रिपरिषद्को बैठक बसेको थियो । प्रधानमन्त्रीले संसदको संवोधनबाटै पदबाट राजीनामा दिने चर्चा चलेको छ । यद्यपी यसबारे टुंगो लागिनसकेको जनाइएको छ ।