×

NMB BANK
NIC ASIA

सर्वदलीय बैठकमा राष्ट्रपति : प्रतिनिधि सभा विघटन गर्ने मन्त्रिपरिषदको निर्णय संविधानअनुसार नै कार्यान्वयन गरेकी हुँ

चैत ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमै लेखिएको प्रावधान अनुसार मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा विघटन गर्ने भनी गरेको निर्णय कार्यान्वयन गरेको स्पष्टोक्ति दिएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार राष्ट्रपति निवासमा आयोजित सर्वदलीय बैठकमा भण्डारीले संविधानबमोजिम गरेको कामलाई अन्यथा नबुझ्न आग्रह गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'मन्त्रिपरिषद बैठकले सिफारिस गरेपछि राष्ट्रपतिले कार्यान्वयन गर्ने कुरा संविधानमै उल्लेख भएको विषय हो,' राष्ट्रपति भण्डारीको भनाइ उदृत गर्दै बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले लोकान्तरसँग भने, 'यसलाई अन्यथा बुझिदिनु भएन ।'


Advertisment
Nabil box
Kumari

बैठकमा प्रधानमन्त्री ओलीले पनि प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए ।

Vianet communication
Laxmi Bank

'संसद र सरकार नचल्ने स्थितिमा संसारभर प्रतिनिधि सभा विघटन हुन्छन्,' ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागी अर्का एक नेताले लोकान्तरसँग भने, 'नेपालमै पनि फेरि विघटन हुन सक्छ । संविधानको धारा ८५ र धारा ७६ को उपधारा ७ ले त्यसको परिकल्पना गरेको छ ।'

ओलीले बैठकमा नयाँ निर्वाचनमा जाने कुरा कसरी प्रतिगमन हुन्छ ? भनी प्रश्नसमेत गरे ।

'अब एक वर्षपछि स्थानीय निकायको चुनाव हुन्छ, त्यसलाई प्रतिगमन भनिदिने ?' ओलीले बैठकमा भने, 'त्यसपछि अन्य चुनाव हुन्छ । त्यसैले चुनावलाई प्रतिगमन भनिदिनु भएन साथीहरूले ।'

बैठकमा माओवादी केन्द्रका तर्फबाट सहभागी भएका नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा पुनःस्थापना भइसकेको अवस्थामा त्यसकै बारेमा छलफल गरिरहनु उपयुक्त नहुने तर्क गरेका थिए ।

कांग्रेसबाट बैठकमा सहभागी वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई तहसनहस गराउने र संविधान नै भताभुंग गर्ने गरी प्रतिनिधि सभा विघटन गरिएकोमा असन्तुष्टि जनाएका थिए ।

कांग्रेसका अर्का नेता विमलेन्द्र निधिले विगतमा जे भएको भएपनि अब संसदले नै निकास दिने गरी अघि बढ्नुपर्ने राय राखे ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट बैठकमा सहभागी चित्रबहादुर केसीले प्रतिनिधि सभा भंग गर्नुअघि दलहरूलाई बोलाएर छलफल नगर्नु राष्ट्रपतिको गल्ती भएको बताए ।

अन्तिममा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन गरेर आफूले संविधानबमोजिम नै काम गरेकाले अन्यथा नलिन आग्रह गरिन् ।

राष्ट्रपतिले कोभिड १९ का कारण यसअघि दलहरूसँग भेटघाट गर्न असम्भव भएकाले अहिले परिस्थिति सहज बनेपछि छलफलका लागि बोलाइएकोसमेत बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x