कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
हिज्जे मिलाउन जान्ने, आफ्नो प्रोफाइलमा शुद्धाशुद्धि मिलाउने र सही व्याकरण उपयोग गर्न जान्ने भएमा तपाईंले डेटिङ साइटमा राम्रो जोडी फेला पार्न सक्ने एक अध्ययनले देखाएको छ।
अनुसन्धाताहरूले अनलाइन डेटिङ सर्भिसका सदस्यसँग सम्पर्क गरेर उनीहरूलाई भाषिक अशुद्धि भएको अनि नभएको दुईथरी फेक प्रोफाइलहरू पढ्न लगाए। नेदरल्यान्ड्सको एक डेटिङ साइटमा ८ सयभन्दा बढी मानिसमाथि गरिएको अनुसन्धानमा हिज्जेमा गल्ती गर्ने मानिस लापरवाह र मसिनो कुरामा ध्यान नदिने खालको हुने धारणा बन्छ भन्ने कुरा पत्ता लाग्यो।
‘अनलाइन डेटिङमा कोही मानिस साना कुरामा ध्यान नदिने खालको भेटिएमा ऊ डेटिङ प्रोफाइल बनाउँदा समेत प्रयास गर्न अनि चासो राख्न अल्छी मानिन्छ। अनि उसलाई अनाकर्षक मान्ने गरिन्छ,’ अध्ययन प्रतिवेदनकी लेखिका टेस भान देर जान्देनले बताइन्।
तर हिज्जे मिलाउन नजान्ने केही मानिसका लागि आशाको ठाउँ चाहिँ छ। अध्ययनमा भाग लिएका ३३.५ प्रतिशत सहभागीले मात्र प्रोफाइलको पाठमा गल्ती भेटे।
तर गल्ती पत्ता लगाउनेहरूले चाहिँ कोही आकर्षक छ कि छैन भन्ने कुरामा भाषा महत्त्वपूर्ण हुने बताए।
अनुसन्धाताहरूले फेक प्रोफाइलमा औसत रूपमा आकर्षक मानिसहरूको तस्वीर उपयोग गरे किनकि अत्यन्तै आकर्षक मानिसको तस्वीर राख्दा परिणाममा भिन्नता आउन सक्ने सम्भावना थियो।
अध्ययनको निष्कर्ष जर्नल अफ सोसियल यान्ड पर्सनल रिलेसनशिपमा प्रकाशित गरिएको छ।
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...