पुस ८, २०८०
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
चैत ८, २०७७
पछिल्लो समय विकासका नाममा डाँडाकाँडा चिरेर प्राकृतिक विनाश निम्त्याइएको गुनासो भइरहेका बेला डोजर तथा एक्साभेटर खरिदमा मात्र झण्डै एक खर्ब रकम बाहिरिएको पाइएको छ ।
मुलुक संघीयतामा गएपछि स्थानीय तहहरूले पहिलो प्राथमिकतामा सडकलाई राखेर डाँडाकाँडामा डोजर चलाउँदा प्राकृतिक विनाश मात्र निम्तिएको छैन बनेका सडकहरू पनि प्रायः काम नलाग्ने छन् ।
प्रत्येक वडामा डोजर तथा एक्साभेटर खरिद गरिएको छ भने जनप्रतिनिधि नै तिनमा मालिक हुने गरेको भन्दै आलोचना पनि हुने गरेको छ । यसबीचमा डोजर खरिदमा डरलाग्दो ढंगले पैसा बाहिरिएको पाइएको हो ।
भन्सार विभागको तथ्यांक हेर्दा २०७२ सालमा संविधानमार्फत संघीय व्यवस्था लागू भएयता ८९ अर्ब ४१ करोडभन्दा बढी मूल्यको बूलडोजर र एक्साभेटर आयात भएको देखिन्छ ।
डोजरका लागि आवश्यक पर्ने बकेट तथा अन्य पार्टसहरू छुट्टै आयात हुने भएकाले त्यसको तथ्यांक यसमा सामेल छैन । त्यसलाई जोड्ने हो भने एक अर्बभन्दा माथिपुग्ने देखिन्छ ।
वि.सं. २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपश्चात मुलुक संघीयतामा गएको थियो ।
सोही वर्ष मुलुकमा ९ अर्ब ८४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरका बूलडोजर तथा एक्साभेटर आयात भएको थियो ।
चालू आवको ८ महिनामा आयो १ हजार ४७६ डोजर/एक्साभेटर
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ हजार ४ सय ७६ बूलडोजर तथा एक्साभेटर आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार यो परिणामको डोजर आयात हुँदा राज्यबाट ८ अर्ब २ करोड ४२ लाख ९७ हजार रुपैयाँ बाहिरिएको छ ।
अघिल्ला वर्षहरूमा पनि ठूलो परिमाणमा यस्ता डोजर आयात भएको विभागले बताएको छ । यद्यपि कति आयात भयो भन्नेमा भने केही अन्यौलता रहेको विभागका कर्मचारीहरूले बताएका छन् ।
‘पहिले पहिलेको विवरणमा पिस र केजीलाई एउटैमा राखिँदा अहिले डाटा केलाउन अप्ठ्यारो छ’, भन्सार विभागका एक कर्मचारीले लोकान्तरसँग भने ।
कुन आर्थिक वर्षमा कति रकम बाहिरियो ?
मुलुकमा ७ सय ५३ स्थानीय तह छन् ।
पछिल्लो समय डोजर स्थानीय तहको केन्द्रसम्म मात्र होइन वडा–वडासम्म पुगेका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा बूलडोजर तथा एक्साभेटर मात्रै १८ अर्ब २२ करोड ८१ लाख ८० हजार रुपैयाँ रकम बाहिरिएको छ ।
पछिल्लो समय ‘हेभी इक्विपमेन्ट’हरूको मूल्य बढ्दै गएको छ । मूल्यवृद्धिसँगै बढी मात्रामा भएको डोजर आयातका कारण अर्बौं रकम बाहिरिएको हो ।
आर्थिक वर्ष २०७४/७५ मा मुलुकमा ५ वर्षयताकै सबैभन्दा बढी रकम डोजर आयातमा बाहिरिएको छ ।
यस आर्थिक वर्षमा २९ अर्ब ९५ करोड २४ लाख ३१ हजार रुपैयाँ डोजर आयातमा बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो पाँच वर्षयताकै उच्च खर्च हो ।
आर्थिक वर्ष २०७५/७६ मा १५ अर्ब ५ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरको डोजर आयात भएको छ ।
आर्थिक वर्ष २०७६/७७ र २०७७/०७८ को फागुन मसान्तसम्ममा भने डोजर आयातमा गिरावट आएको तथ्यांकले देखाएको छ ।
मुलुक संघीयतामा गएपछि शुरूका वर्षहरूमा विकासका लागि भन्दै डोजर ल्याउने बाढी चले पनि पछिल्लो २ वर्षमा यस्तो नदेखिएको भन्सार विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब ३० करोड २३ लाख १४ हजार रुपैयाँ बराबरको डोजर आयात भएको छ ।
यस्तै चालू आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्ममा ८ अर्ब २ करोड ४२ लाख ९७ हजार रुपैयाँ बराबरको डोजर आयात भएको छ ।
संघीयता कार्यान्वयन अघि र पछिको तथ्यांक केलाउँदा अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा ४ अर्ब ६४ करोड ९० हजार रुपैयाँ बराबरको डोजर आयात भएकोमा २०७२/०७३ मा त्यो बढेर ९ अर्ब ८४ करोड ५८ लाख ९ हजार रूपैयाँको डोजर आयात भयो । जुन अघिल्लो वर्षको तुलनामा ५ अर्ब २० करोड बढी हो ।
आर्थिक वर्ष २०७२/७३ मा भने ९ अर्ब ८४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको डोजर आयात भएको तथ्यांकले देखाउँछ ।
संघीयतामा गएको शुरूआती समयमा निर्माणजन्य सामग्री धेरै आयात भएपनि अहिले त्यति धेरै आयात नभएको व्यवसायीहरू बताउँछन् ।
गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम समयसम्म र चालू आर्थिक वर्षमा पनि कोरोना भाइरसको महामारीका कारण विकासका कामहरू केही प्रभावित भएका थिए । त्यसकारण पनि यो अवधिमा डोजर आयातमा केही कमी आएको व्यवसायीहरूको भनाइ छ ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका निवर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठले कोरोना महामारीले विकास निर्माणको काममा असर पुर्याएको बताए । लोकान्तरसँग उनले भने, ‘गत वर्षको फागुनदेखि नै हाम्रो मुलुकमा निर्माणको काम गर्न सहज वातावरण बनेन, त्यसकारण पनि यस्ता सामग्रीको आयात कम हुन पुग्यो ।’
यद्यपि अहिले डोजरको आयात विगतका तुलनामा केही कमी देखिने उनको भनाइ छ ।
उनले भने, ‘शुरूमा आयात धेरै भएकाले अहिले त्यति नै हुनुपर्छ भन्ने हुन्न ।’
यातायात व्यवस्था विभागलाई थाहा छैन कति दर्ता भए !
भन्सार विभागले आयातबारे तथ्यांक राखिरहे पनि यातायात व्यवस्था विभागलाई भने कति डोजर दर्ता भएका छन् भन्ने कुरा थाहा छैन ।
मुलुक संघीयतामा गएसँगै यातायात दर्ताको काम पनि प्रदेश सरकारअन्तर्गत भएकाले के कति मात्रामा सवारीसाधन तथा डोजरहरू दर्ता भएका छन् थाहा नभएको यातायात व्यवस्था विभाग, मीनभवनले जनाएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसाल आफूहरूले पनि तथ्यांक माग गरेको बताउँदै अहिलेसम्म नआइपुगेको बताए । लोकान्तरसँग उनले भने, ‘तथ्यांक नआइपुग्दा हामीले अर्थमन्त्रालय तथा केन्द्रीय तथ्यांक विभागलाई समेत बुझाउन पाएका छैनौं ।’
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...