२६ जेठ २०८३, मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक शुरू

एमाले केन्द्रीय कमिटी बैठक शुरू

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरू भएको छ ।

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले बैठक शुरू भएको जानकारी दिइन् ।

बैठकमा संसदीय दलको विधान अनुमोदन लगायत एजेण्डा रहेका छन् ।

यसअघि बसेको संसदीय दलको बैठकले विधान संशोधन लगायत निर्णय गरेको थियो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने बैठकमा उपस्थित भएको छैन ।

एमाले संसदीय दलको बैठकमा उपस्थित भएका नेता वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा भने उपस्थित भएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्