२६ जेठ २०८३, मंगलबार

भक्तपुरमा कोरोनाको त्रास, प्रशासनले गर्‍यो यस्तो निर्णय

भक्तपुरमा कोरोनाको त्रास, प्रशासनले गर्‍यो यस्तो निर्णय

जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाएको छ ।
    
कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोभिड–१९ अर्थात् कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम बढेकाले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न र नगराउन अनुरोध गरेका हुन्।
    
गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको निर्देशनानुसार जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भिडभाड हुने कुनै किसिमको कार्य नगर्न नगराउन अनुरोध गर्दै स्वीकृतविना यस्ता काम गरेको पाइए कारवाही गरिने उनले बताए ।
    
भक्तपुरमा नयाँ वर्षमा मनाइने प्रसिद्ध बिस्केट जात्रा सञ्चालनमा भने वैकल्पिक उपाय खोजिने उनले बताए ।प्रशासनले नजिकिँदै गरेको होली पर्वसमेत भिडभाड नहुने गरी आफ्नै घरमा बसेर मनाउन आग्रह गरेको छ । भीडभाड हुने सरकारी कार्यालयमा भोलिदेखि नै स्वास्थ्य मापदण्ड र सुरक्षाका उपाय अपनाएर मात्रै सेवा दिन निर्देशन दिएको प्रजिअ भट्टराईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्