×

NMB BANK
NIC ASIA

उच्च वायु प्रदुषण

राजस्थानको धुलोले काठमाडौंको आकाश छोप्यो, हवाई उडान प्रभावित

चैत १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मौसममा बदली भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अन्य विमानस्थलहरूमा उडान प्रभावित भएका छन् । 

Muktinath Bank

भिजिबिलिटी कम हुँदा दिउँसो २ बजेदेखि उडान प्रभावित भएको त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले लोकान्तरलाई जानकारी दिए  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार दिउँसो २ बजेदेखि ८ वटा आन्तरिक उडान 'डाइभर्ट' गरिएका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै १ अन्तराष्ट्रिय जहाज पनि ल्यान्डिङ हुन नसक्दा 'होल्ड'मा बसेको छ । 

Vianet communication
Laxmi Bank

मौसम प्रभावित हुँदा विभिन्न एयर कम्पनीहरूले उडान रोकेका छन् ।

बुद्ध एयरले सूचना जारी गर्दै भनेको छ,'काठमाडौंमा भिजिविलिटी समस्या देखिएको छ । हाम्रा उडानहरु पनि प्रभावित भइरहेको छ । असुविधाको लागि क्षमाप्रार्थी छौं । उडान सम्बन्धी अपडेट हाम्रो मोवाइल एपबाट हेर्न सकिन्छ । धन्यवाद ।'

मौसम विभागले भन्यो : अझै केही दिन यस्तै रहन्छ 

केही दिनयता पानी नपर्दा वातावरणमा हावा चलि रहेपनि बग्न नपाउँदा प्रदुषण बढेको मौसम विभागले बताएको छ । पानी नपर्दासम्म यस्तो रहिरहने बताउँदै विभागले केही दिनसम्म यस्तो भइरहने बताएको छ । 

विभागका एक कर्मचारीले लोकान्तरसँग भने,'केही दिनदेखि घाम पनि राम्रोसँग लागेको छैन, त्यसै कारण हावा बग्न पाएन । पानी नपरेसम्म यो समस्या नहट्न सक्छ ।'

ती कर्मचारीका अनुसार, भारतको राजस्थानमा बढ्दै गइरहेको प्रदुषण र नेपालका विभिन्न ठाउँमा बढिरहेको डढेलोको प्रभाव यता देखिएको हो । 

उनले पानी नपरेसम्म केही दिन यो समस्या रहिरहने बताए । उनका अनुसार, अझै केही दिन पानी पर्ने सम्भावना छैन । 

यसअघि २०७६ बैशाख अन्तिम साता पनि राजस्थानको धुलोले काठमाडौं ढाकेको थियो । 

जनस्वास्थ्य विज्ञ भन्छन् : दीर्घकालमा समेत यसको असर पर्न सक्छ

यता, धुलो धुवाँबाट जोगिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । 

जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले स्वासप्रश्वासका विरामीहरूलाई बढी असर गर्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । 

उनले तत्कालिन रूपमा आँखा पोल्ने, आँखा चिलाउने, आँखा रातो हुने लगायतका लक्षणहरू देखिने र पछि दीर्घकालमा समेत असर पर्ने बताएका छन् । 

सकभर घर बाहिर ननिस्कन र निस्किहाले पनि शरीर ढाक्ने कपडा लगाउने, मास्क तथा चस्मा लगाएर निस्किन उनको सुझाव छ । 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x