२६ जेठ २०८३, मंगलबार

मोजाम्बिकको पाल्मामा इस्लामिक लडाकूको आक्रमण, दर्जनौं हताहत

चैत १६, २०७७
मोजाम्बिकको पाल्मामा इस्लामिक लडाकूको आक्रमण, दर्जनौं हताहत

अफ्रिकी मुलुक मोजाम्बिकको उत्तरी क्षेत्रमा रहेको पाल्मा शहरमा इस्लामिक लडाकूहरूले आक्रमण गर्दा दर्जनौं मानिस मारिएको उक्त देशको रक्षा मन्त्रालयका एक प्रवक्ताले जनाएका छन् । 

एक होटललाई लडाकूहरूले कब्जामा लिएका थिए र भाग्ने क्रममा सातजना मारिएको प्रवक्ता ओमार सारांगाले बताए । 

गत बुधवारदेखि उक्त क्षेत्र इस्लामिक लडाकूहरूको कब्जामा छ । 

समुद्री किनारमा टाउको काटिएका शरीरहरू यत्रतत्र छरिएका अनि मानिसहरू लुकेर बसेको र उद्धारका लागि प्रतीक्षा गरिरहेको बताइएको छ । 
 

पाल्मा नजिक फ्रान्सको ऊर्जा कम्पनी टोटलको ग्यास परियोजना सञ्चालनमा छ । त्यहाँ १०० भन्दा बढी कामदार र सर्वसाधारण आमारुला पाल्मा होटलमा शरण लिन पुगेका थिए । 

पेम्बा बन्दरगाहमा मानिसहरू मालवाहक जहाज, यात्रुवाहक जहाज, टगबोट, मनोरञ्जन बोट जेबाट भए पनि भाग्न कोशिश गरिरहेको बताइएको छ । 
 

पाल्माको जनसंख्या ७५ हजार छ । कतिजना हताहत भए भन्ने स्पष्ट छैन । 

शहर र समुद्री किनारमा टाउको सहितका वा टाउको काटिएका शरीरहरू यत्रतत्र छरिएको कर्नेल लायोनल डाइकले बताए । उनको निजी सुरक्षा कम्पनीलाई मोजाम्बिक प्रहरीले ठेक्का दिएको छ । 

सञ्चार सुविधा अवरुद्ध भएकाले पाल्मामा के भइरहेछ भनी पुष्टि गर्न गाह्रो छ । 

बुधवार लडाकूहरूले आक्रमण थाल्दा पसल, बैंक र सेनाका ब्यारेकहरूलाई तारो बनाएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्