×

NMB BANK
NIC ASIA

प्रहरीकै माग सुनिँदैन

थोत्रा सवारी साधनले काम चलाउँदै नेपाल प्रहरी, ७ वर्षदेखि किन्न पाएन नयाँ गाडी !

चैत १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरीले ७ वर्षदेखि नयाँ सवारी साधन किन्न पाएको छैन । 

Muktinath Bank

चौबीसै घण्टा शान्ति सुरक्षा र अपराध अनुसन्धानमा खटिने प्रहरीले अहिले ७ वर्षदेखि पुराना सवारी साधन प्रयोग गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले पहिलो संविधान सभा चुनाव भएको २०६४ चैत २८ भन्दा अगाडि निर्वाचन प्रयोजनका लागि सवारी साधन पाएको थियो ।


Advertisment
Nabil box
Kumari

त्यसपछि २०७० सालको चुनावमा केही सवारी साधन थपियो, तर त्यसयता अहिलेसम्म पनि नयाँ गाडी किन्न नपाउँदा शान्ति सुरक्षा प्रभावकारी बनाउन र अपराध भएको स्थलमा समयमा पुग्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीको भनाइलाई मान्ने हो भने पहाडी जिल्लामा उपयुक्त सवारी र दुरुस्त सवारी साधन नहुँदा सुरक्षा निगरानी र अपराध भएको स्थानमा समयमै पुग्न नसकिने समस्या छ ।

‘पहाडी र हिमाली जिल्लामा भएका सवारी साधन पुराना हुँदा नतान्ने छिटोछिटो बिग्रिने समस्याले अपराध भएको ठाउँमा समयमै पुग्न नसक्ने समस्या छ,’ ती अधिकारीले लोकान्तरसँग भने, ‘झन बिग्रिएका गाडीहरू बनाउन समय लाग्छ, त्यसले गर्दा सुरक्षा निगरानीमा समस्या परेको छ ।’

प्रहरी प्रधान कार्यालयका अनुसार अहिले संघीय व्यवस्था लागू भएपछि प्रहरी चौकीहरूको संख्या अत्यधिक वृद्धि भएको छ ।

तराईका जिल्लामा भन्दा पनि पहाडी जिल्लामा चौकीहरू वृद्धि भएका छन्, तर सवारी साधन थप नहुँदा भएका सवारी साधनलाई नै व्यवस्थापन गर्दै आएको छ । 

अहिले प्रहरीसँग देशभरमा करीब १५ सयको हाराहारीमा हेभी र लाइट सवारी साधन छन् ।

२ हजार १ सयको हाराहारीमा मोटरसाइकल रहेको प्रहरीका एक उच्च अधिकारीले बताए । त्यसमा पनि १ सयको हाराहारीमा गाडी र ७५ वटा मोटरसाइकल काम नलाग्ने अवस्थामा छन् ।

प्रहरी प्रधान कार्यालय मातहत २६६ वटा मोटरसाइकल र २ सय ५३ वटा गाडी गरी ५१९ सवारी साधन छन् ।

यसैगरी महानगरीय प्रहरी कार्यालय र मातहतका प्रहरी परिसरहरू, अपराध महाशाखा, ट्राफिक महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा २४० मोटरसाइकल र २६९ गाडी गरी ५०९ वटा सवारी रहेको तथ्यांक छ ।

प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगर मातहत ४७० वटा, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर मातहत साढे ४ सयवटा, बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा मातहत करीब ४ सयवटा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा मातहत करीब साढे ३ सयवटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ मातहत करीब ५ सयवटा, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहत १९८ वटा र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल मातहत करीब ३ सयवटा गरी करीब ४ हजार सवारी साधन रहेको प्रहरीको तथ्यांक छ ।

यस्तै वाटर क्यानन र एम्बुलेन्स ९/९ थान र दमकल १ थान छन् । 

गत पुस ५ गते प्रधानमन्त्रीले संसद् विघटन गरेर आगामी वैशाखमा निर्वाचन घोषणा गरेपछि निर्वाचनका लागि आवश्यक पर्ने भन्दै ८ सयभन्दा धेरै गाडी किन्न प्रहरीले माग गरेको थियो तर प्रतिनिधि सभा पुनःस्थापनापछि उक्त मागको औचित्य स्वतः समाप्त हुन पुग्यो ।

‘निर्वाचन भए सवारी साधन थपिन्थ्यो भन्ने आशा थियो तर त्यो पनि अहिलेलाई सकियो,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले लोकान्तरसँग भने, ‘ती सवारी साधनहरू आएको भए केही सहज हुन्थ्यो ।’

प्रहरीलाई अहिलेको अवस्थामा करीब २ हजार सवारी साधन आवश्यक रहेको ती अधिकारी बताउँछन् ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले हरेक वर्ष बजेट माग गर्दा आवश्यक पर्ने सवारी साधन पनि माग गर्ने गरेको बताए । तर प्रहरीलाई गाडी किन्ने कुरा प्राथमिकतामा नपरेको उनको गुनासो छ ।

सवारी साधन नभए समस्या हुन्छ : पूर्वएआईजी नवराज ढकाल 

अपराध अनुसन्धान मात्र होइन दैनिक हुने पुलिसिङ, अपराध हुनसक्ने ठाउँहरूको निगरानी गर्नका लागि पनि प्रहरीलाई सवारी साधन आवश्यक पर्ने भएकाले सवारी साधन नहुँदा दैनिक हुने शान्ति सुव्यवस्थामा पनि समस्या आउने पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकालले बताए । 

‘अपराध नियन्त्रणका लागि प्रहरीको मोबिलिटी आवश्यक पर्छ । सवारी साधनहरू नहुँदा त्यसमा समस्या आउँछ,’ पूर्व एआईजी ढकालले भने, ‘त्यसका लागि प्रहरीलगायत सुरक्षा निकायहरूमा पर्याप्त गाडी आवश्यक पर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ ।’

प्रहरीसँग सवारी साधन नभएको अवस्थामा अपराध गर्नेहरूले प्रोत्साहन पाउँछन् । उनीहरूले त्यो कमजोरी थाहा पाएर अपराध गर्ने सम्भावना बढ्ने एआईजी ढकालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x