सर्वाेच्चको पूर्ण इजलासमा पेशी चढ्यो प्रचण्डको पुनरावलोकन निवेदन

नेकपा नाम विवादमा एकता नै बदर गर्ने सर्वाेच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको पुनरावलोकन निवेदक पूर्ण इजलासमा पेशी चढेको छ ।

सर्वाेच्च अदालतबाट सार्वजनिक बिहीवारको पेशी सूची अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा पेशी चढेको छ ।


Advertisement

बिहीवारको पेशीबाट सर्वाेच्चले पुनरावलोकन निवेदन स्वीकार गर्ने वा खारेज गर्ने आदेश दिने जनाइएको छ ।

नामको मात्रै विवाद रहेको अवस्थामा एकता नै बदर गरिनु अनुचित भन्दै प्रचण्ड पुनरावलोकनका लागि सर्वाेच्च पुगेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ऋषि कट्टेलले एकता बदर गर्नुपर्ने माग नै नगरेको प्रचण्डको तर्क छ ।


Advertisement

सर्वाेच्च अदालतले फागुन २३ गते फैसला सुनाउँदै नेकपा नाम ऋषि कट्टेलको हुने तथा नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकताबारे निर्वाचन आयोगको निर्णय बदर गर्दै साविककै पार्टी ब्युँताएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्