×

NMB BANK
NIC ASIA

मिलेकै हो त सफलता ?

भागरथी हत्या प्रकरणमा सफलतापछि निर्मलाको हत्यारा पनि पत्ता लागेको प्रहरीको दाबी !

चैत १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

निर्मला हत्या प्रकरण घटेको झण्डै ३ वर्ष पुग्न लाग्दा प्रहरीले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएको दाबी गरेको छ । प्रहरीले हत्यारा छिट्टै सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।

Muktinath Bank

झण्डै ३ वर्षअघि २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समयसम्म हत्यारा पत्ता लगाउन असफल भएपछि प्रहरीको चौतर्फी आलोचना हुँदै आएको थियो ।


Advertisment
Nabil box
Kumari

अहिले आएर निर्मला पन्त हत्याका अभियुक्त पत्ता लागेको र छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए । 

Vianet communication
Laxmi Bank

‘प्रदेश प्रहरीले हत्यारा पत्ता लागेको जानकारी हामीलाई गराएको छ । केही समयपछि सार्वजनिक हुन्छ,’ एसएसपी कुँवरले लोकान्तरसँग भने, ‘सबै प्रमाण जुटिसकेको छ ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले प्रहरीले अदालतलाई मान्य हुने सबै प्रमाण जुटाइसकेको दाबी गरे ।

‘लामो समयदेखि अन्योलमा रहेको अनुसन्धान निष्कर्षमा पुगेको छ । हामीले अदालतलाई मान्य हुने खालका प्रमाण जुटाइसकेको छौं,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘केही प्रक्रिया छन्, त्यो सकिएपछि सार्वजनिक गर्ने तयारीमा छौं ।’

अनुसन्धानमा विल्कुल नयाँ तरिका !

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १६ वर्षीया किशोरी भागरथी भट्टको हत्याका आरोपी १६ वर्षीय किशोर दिनेश भट्टलाई प्रमाणसहित अदालतमा उभ्याएको प्रहरीले ३ वर्षदेखि पत्ता लाग्न नसकेका निर्मलाका हत्यारा पत्ता लगाउन नयाँ तरिकाबाट अनुसन्धान गरेको दाबी गरेको छ ।

‘हामीले निर्मलाको हत्यारा पत्ता लगाउनका लागि बिल्कुलै नयाँ तरिका अपनायौं । उक्त अनुसन्धानमा पहिले संलग्न नभएका नयाँ प्रहरी अधिकृतबाट अनुसन्धान गरेका हौं,’ सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीले भने, ‘प्रमाण जुटाउने कुरामा पनि नयाँ तरिका अवलम्बन गरिएको छ ।’ 

गिजोलिएको घटनामा प्रहरीलाई चुनौती 

निर्मला प्रकरण राजनीतिक रूपमा समेत निकै गिजोलिएको हत्या प्रकरण भएको छ । यसअघि हत्याको आशंकामा केही व्यक्तिलाई पक्राउ गर्दा कञ्चनपुरमा मात्र नभए देशभर आन्दोलनको स्थिति बनेको थियो ।

प्रहरीले शुरूमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका दिलिपसिंह विष्टलाई प्रहरीले सर्वाजनिक गरेको थियो । तर पछि प्रमाण नपुगेको भन्दै छाड्नु परेको थियो । 

केही समयपछि घटनास्थलमा दिलिपसिंह विष्टको शर्टको गोजीको टुक्रा भेटिएको थियो र त्यसलाई परीक्षणका लागि भारत पठाइएको थियो, उक्त परीक्षणको नतिजा अहिलेसम्म आएको छैन ।

डीएनए परीक्षण गर्दा नतिजा मेल नखाएपछि प्रहरी दिलिपलाई छाड्न बाध्य भएको थियो ।

घटना भएदेखि नै प्रहरीले प्रमाण संकलन, संरक्षण र अनुसन्धानमा लापरवाही गरेको आरोप खेप्यो । तत्कालीन आईजीपी सर्वेन्द्र खनाल हत्यारा पत्ता नलाग्दै सेवानिवृत्त भए ।

निर्मलाको शव भेटिएको ठाउँमा प्रहरी कर्मचारीले नै पानीमा उनको कपडा पखालेको विषय खुबै विवादित बनेको थियो । 

आईजीपी सर्वेन्द्र खनाल नेतृत्वमा हुँदा पटक–पटक चर्चामा आइरहने निर्मला हत्याकाण्ड निवर्तमान आईजीपी ठाकुर ज्ञवाली प्रहरी नेतृत्वमा हुँदा खासै चर्चामा आएन ।

ज्ञवालीले निर्मला हत्याकाण्डको फाइल नखोल्दै अवकाश पाए । निर्मला हत्या प्रकरणको अनुसन्धान समेत गरेका ज्ञवालीले आईजीपीको पदभार ग्रहण गर्दा नै निर्मला हत्याकाण्डका दोषीलाई कानूनी कठघरामा उभ्याउने बताएका थिए, तर उनको कार्यकालमा फाइल समेत खुलेन ।

बहालवाला आईजीपी शैलेश थापा क्षेत्रीले पदभार गर्ने क्रममा निर्मला प्रकरणको उच्चारण समेत गरेका थिएनन्, तर अहिले भने बलिया प्रमाणसहित हत्यारा सार्वजनिक गर्ने तयारी भएको दाबी प्रहरीले गरेको छ ।

निर्मला हत्याकाण्डमा थुप्रै अध्ययन, अनुसन्धान समिति समेत बने, तर हत्या प्रकरणका मुख्य दोषी अझै सार्वजनिक भएका छैनन् ।

तत्कालीन एआईजी धिरु बस्न्यातको संयोजकत्वमा बनेको समितिले २०७५ पुस ३ गते प्रतिवेदन बुझाउँदै प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरी अधिकारी सहितले गल्ती गरेको भन्दै कारवाही गर्न सुझाव दिएको थियो । 

अनुसन्धानका लागि भन्दै तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तथा निवर्तमान आईजीपी ठाकुर ज्ञवालीको नेतृत्वमा एउटा टोली कञ्चनपुर गएको थियो तर त्यसबाट पनि खासै केही हात लागेन । 

पूर्व आईजीपी सर्वेन्द्र खनाल नै निर्मला हत्या प्रकरण सुल्झाउन भन्दै पटक–पटक कञ्चनपुर गए तर त्यत्तिकै घर फर्किएका थिए ।

निकै जटिल घटना र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले हत्याराबारे कुनै पनि कुरा सार्वजनिक गरेको छैन । मात्र अनुसन्धान निष्कर्षमा पुगेको दाबी प्रहरीले गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x