×

NMB BANK
NIC ASIA

जसपाको साथ कसलाई ?

हाम्रो माग अहिलेको अवस्थामा ओलीले मात्र पूरा गर्न सक्नुहुन्छ– उमाकान्त झा [अन्तर्वार्ता]

चैत २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टीका नेता उमाकान्त झाले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको समस्या समाधानका लागि सकारात्मक रूपमा प्रक्रिया थालेको बताएका छन्। पूर्वमन्त्री समेत रहेका जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य झाले अहिले जसपाको प्राथमिकता मुद्दा फिर्ता,संविधान संशोधन लगायतका विषय मात्र रहेको बताएका छन् । सत्ता सहकार्य वा सरकार बनाउने,नबनाउने विषय गौण रहेको उनको कथन छ। प्रस्तुत छ,  लोकान्तरकर्मी अजयअनुरागीले जसपा अध्यक्ष महन्थ ठाकुरनिकट मानिने जसपा नेता झासँग गरेको कुराकानीको सम्पादित अंश :

Sagarmatha Cement
Muktinath Bank

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउनका लागि पहल गर्ने  भनेर केन्द्रीय  समितिबाट निर्णय गरिसकेको  छ। तर,जनता समाजवादी पार्टीलेहालसम्म पनि कुनै निर्णय गर्न सकेको छैन। जसपा कहिलेसम्म अनिर्णित रहने हो ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार बनाउने कुराले हाम्रा लागि कुनै खासै तात्विक अर्थ राख्दैन। जसपाको अहिलेको विषय भनेको मधेश र मधेशीसँगको विषय मात्र हो। सरकार बनाउने कुरा गौण विषय नै हो। पहिलेदेखि नै रहँदै आएको कुरा के हो भने हाम्रो पार्टीका सांसद रेशमलाल चौधरीको रिहाइसहित २ नम्बर प्रदेश सरकारका मन्त्रीसहित विभिन्न जिल्लामा हाम्रो नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक सहितका विषय नै हाम्रो मूख्य सरोकारको विषय हो। सरकार हाम्रा लागि प्राथमिकताको विषय नै होइन। अहिलेको सरकारसमक्ष हामीले त्यो कुरा राखेका छौं। त्यसमाथि छलफल पनि अहिलेको सरकारसँग भइरहेको छ।


Advertisment
Nabil box
Kumari

यही विषयमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग तपाईंका पार्टीका अध्यक्ष महन्थ ठाकुरदेखि पार्टीले गठन गरेको कार्यदलसँग समेत गरीपटक-पटक कुराकानी तथा वार्ता समेत भइसकेको छ। उक्त वार्ताका क्रममा के कति उपलब्धि हासिल हुन सकेको छ?

Vianet communication
Laxmi Bank

मुद्दा फिर्ता लिनुपर्ने विषय प्रमुख रूपमा सरकार प्रमुखले नै सम्बोधन गर्नुपर्ने विषय तथा दायित्व समेत भएका कारण अरूभन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीजीसँग नै प्रत्यक्ष रूपमा कुराकानी भइरहेको छ।  त्यसका लागि हाम्रो पार्टीबाट पनि सर्वेन्द्रनाथ शुक्लाजी र लक्ष्मणलाल कर्णजीसहितको कार्यदल गठन भएको छ। उहाँहरूले नेकपा एमालेका सुभाषचन्द्र नेम्वाङ, विष्णु पौडेल, राजन भट्टराई सहितको कार्यदलसँग पनि पटक-पटक कुराकानी तथा गृहकार्य समेत गरिरहनुभएको छ। माननीय रेशम चौधरीको रिहाइसहित अन्य नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता तथा रिहाइको कुराकानी गरिरहनुभएको छ।

प्रधानमन्त्री आफैंले पनि त्यस विषयमा गम्भीर चासो लिनुभएको छ। उहाँले त्यसका लागि आवश्यक प्रक्रिया पनि चाल्नुभएको कुरा हामीलाई जानकारी दिनुभएको छ।

आवश्यक प्रक्रिया भन्नाले अहिलेसम्म के-केकदम चालिएको छ?

मुद्दा फिर्ता लिनका लागि प्रधानमन्त्रीले सम्बन्धित कुन तहबाट के के गर्नु पर्ने हो त्यसका लागि प्रक्रिया थाल्नु भएको छ। जस्तै महान्यायाधिवक्ता कार्यालयदेखि गृह मन्त्रालयसम्मलाई आवश्यक निर्देशन दिनुभएको छ। विभिन्न सरोकारवालासँग सल्लाह गर्दै हुनुहुन्छ। हामीसँग पनि नियमितरूपमा समन्वय र सल्लाह गर्दै हुनुहुन्छ। अब छिट्टै त्यसको परिणाम पनि आउछ।

कति दिन भित्रमा त्यसको परिणाम देखिन सक्छ?

दिन त भन्न सकिँदैन तर हामी आशावादी भने पक्कै छौं। किनभने उहाँ मात्र त्यस्तो व्यक्ति हो जसले यो काम गर्न सक्नुहुन्छ। सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री मात्रै त्यस्तो अधिकार सम्पन्न व्यक्ति हो जसले काम गर्न सक्नुहुन्छ। उहाँले जसरी हामीलाई आश्वस्त पार्नु भएको छ र काम पनि गरिरहनु भएको छ त्यसले हामीलाई पनि विश्वास गर्ने एउटा आधार समेत मिलेको छ। यति दिनभित्र नै ती सबै काम हुन्छ भन्ने ग्यारेन्टी त उहाँले पनि गर्नुभएको छैन तर उहाँले काम गरिरहेको कुरा हामीले पनि अनुभूति गरिरहेका छौं।

सत्ता सहकार्यका विषयमा पार्टीमा प्रस्टरूपमा दुई कित्ता देखिएको अवस्था छ नि ?

अलिकति भ्रामक कुराहरू पनि छन् । रेशम चौधरीजी पूर्व राजपाको नेता हो। राजपाबाट नै उहाँ चुनाव जित्नुभएको हो, त्यसैले हाम्रा अध्यक्ष ठाकुरजी र राजेन्द्र महतोजी रेशम चौधरीप्रति सकारात्मक हुनु स्वाभाविक हो। प्रतिनिधि सभा निर्वाचन जितेर आएपछि पनि शपथ ग्रहण गराउनका लागि त्यही दुईजना नेताले ठूलो भूमिका खेल्नुभएको थियो। जति  नजिकबाट यो विषयलाई हामी पूर्व राजपाका नेता तथा मधेशका जनताले बुझेका छौं, त्यति नजिकबाट वा भनौं भावनालाई अरु नेताहरूले कसरी हेर्नुभएको छ त्यो हामीलाई थाहा भएन। तर, हामी पूर्व राजपाका लागि त रेशम चौधरीको रिहाइ प्रमुख सरोकारको विषय पक्कै पनि हो।

उपेन्द्र यादव र बाबुराम भट्टराईलेत कांग्रेस,माओवादी सहितको गठबन्धनको सरकार बनाउनुपर्छ भनेर भनिरहनु भएको छ। ओलीसँग कुनै पनि हालतमा सहकार्य हुनै नसक्ने भनिरहनु भएको छ। त्यसो हो भने जसपामा एकमतदेखिएन नि !

सरकार बनाउने विषयसम्म त हामी अहिले पुगेका नै छैनौं नि। मुद्दाहरू सम्बोधन गराउने विषयमा मात्र छौं। त्यो मुद्दाहरू सम्बोधन भइसकेपछि मात्र हामी सरकारको विषयमा कुरा गर्छौं। सरकार बनाउने विषय अहिले हाम्रो लागि प्राथमिकतामा नै छैन।

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरिसकेपछि जसपामा पनि निर्णय गर्नका लागि दबाव त पर्छ होला नि !

अहिले नै भन्नुपर्ने अवस्था छैन। प्रधानमन्त्री ओलीजीले पनि हामीसँग अहिलेसम्म कुनै शर्त राख्नुभएको छैन। विना शर्त उहाँले हाम्रो माग पूरा गर्ने भनिरहनुभएको छ। अर्कातर्फ हामी पनि निष्ठापूर्वक आफ्नो मागमा मात्र केन्द्रित छौं। अन्य विषयमा पछि कुरा गर्ने हो। यी मागहरूलाई जसरी पनि सम्बोधन गर्छु, समाधान गर्छु भनेर अहिलेको सरकारले भनिरहेको अवस्थामा हामीलाई पनि विश्वास भएको छ।

ओली सरकारले ती सबै माग सम्बोधन गरेको खण्डमा ओलीजीसँग सत्ता सहकार्य गर्नका लागि नैतिक दबाब हुन्न र?

पहिले यो माग पूरा होस् त्यसपछि मात्र सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय हुन्छ। भविष्यको कुरा अहिले नै भन्नु हाम्रा लागि असान्दर्भिक पनि हो किनभने अहिलेसम्म हामी त्यो लेभलसम्म पुगेकै छैनौं। हाम्रो पार्टी र ओली सरकारबीच अनकन्डिसनल कुराकानी भइरहेको छ ।

के जसपा विभाजन हुन्छ?

हुँदैन। एक, दुई, तीन हुँदैन, किनभने विभाजन हुनका लागि यो पार्टी बनेको होइन। वैकल्पिक राजनैतिक शक्ति बनाउने उद्देश्यले राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको हो। त्यसको कुनै पनि सम्भावना छैन।

माओवादी पार्टीले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव ल्यायो भने कुनै न कुनै पक्ष लिनुपर्छ होला नै । त्यस्तो अवस्थामा जसपाले कसको साथ दिन्छ त?

त्यहाँसम्म हामी अहिलेसम्म पुगेकै छैनौं।

त्यसपछि त राजनीतिक रूपमा निकासका लागि कुनै न कुनै बाटो त जसपाले समाउनुपर्ला नि! कि तटस्थ रहने ?

अहिले जे जति भएको छ त्यो हाम्रो कारण भएको होइन। नेकपाको आन्तरिक द्वन्द्वका कारण भएको हो। त्यसैले नेकपाभित्रको समस्यामा हामी हठात् आफ्नो वक्तव्य वा आफ्नो निर्णय वा विचार दिन मिल्दैन। आन्तरिक विवादमा हामी प्रवेश गर्ने कुरा पनि हुँदैन। 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x