×

NMB BANK
NIC ASIA

मस्तिष्कले नै मानवका सबै गतिविधिलाई नियन्त्रण गर्छ तर त्यही मस्तिष्कमाथिको नियन्त्रण गुम्यो भने के हुन्छ ? समय र स्थानको ज्ञान तथा स्मृतिलाई मस्तिष्कले सही खुट्ट्याउन सकेन भने के हुन्छ ?

Muktinath Bank

यिनै प्रश्नहरूको वरिपरि रहेर अंग्रेजी चलचित्र द फादरले डिमेन्सिया रोगबाट ग्रसित एक वृद्धको कथा बताएको छ । फ्रान्सेली निर्देशक फ्लोरियन जेलरले आफ्नै नाटकमा आधारित रही बनाएको यो चलचित्रले भर पर्न नसकिने कथावाचक (अनरिलाएबल न्यारेटर) को दृष्टिबाट कथानकलाई अघि बढाएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिमेन्सियाका कारण मस्तिष्कमाथिको नियन्त्रण गुमाउँदै गएका एन्टोनी (एन्टोनी हप्किन्स) ले अनुभव गरेका घटना निर्देशकले दर्शकहरूमाझ पस्केका छन् । त्यसैले एन्टोनी पात्र रनभुल्लमा परेझैं दर्शक पनि घटनाको तारतम्य नबुझेर अलमलमा पर्छन् । प्रत्येक घटना रहस्यमयी लाग्छ । 


Advertisment
Nabil box
Kumari

लन्डनको एक फ्ल्याटमा बस्ने एन्टोनी आनन्दले बसिरहेको बेलामा उनकी छोरी यान (ओलिभिया कोलम्यान) आइपुग्छिन् । उनी बुवालाई छोडेर प्रेमीसँग पेरिसमा बस्न जाने बताउँछिन् । छोरीले आफूलाई छोडेर जाने कुरा सुनेर उनी स्तब्ध र दुःखित हुन्छन् तर आफूलाई सम्हाल्छन् । 

Vianet communication
Laxmi Bank

तर पछिका दृश्यमा अर्कै महिला यान बनेर आउँछिन् र आफ्नो फ्ल्याटमा एन्टोनी आएर बस्न थालेको बताउँछिन् । अनि ज्वाइँ भनिएका अर्कै व्यक्ति देखिन्छन् । पछि फेरि वास्तविक छोरी र ज्वाइँ देखापर्छन् । के भइरहेको छ भन्ने एन्टोनी पत्ता पाउँदैनन् अनि दर्शकले पनि बुझ्दैनन् । 

अनि छोरीले रेखदेख गर्न भनी ल्याएकी एक युवतीसँग एन्टोनी जिस्कन्छन् । तर अन्य दृश्यमा अर्कै महिलाले स्याहार गर्न आएको देख्छन् । अर्थात्, उनको दिमागमा व्यक्तिका तस्वीरहरू अदलाबदली भएका छन् । कोसँग संवाद गर्दैछु र कुन ठाउँमा बसेको छु भन्ने नै उनी भेउ पाउँदैनन् । 

नाडीमा बाँधेको घडी कहाँ हरायो भनी उनी चिन्ता मान्छन् । काम गर्नेले घडी चोरेको हो कि भनी उनी शंका गर्छन् । तर गोप्य ठाउँमा लुकाएको स्मृति पनि उनलाई छ । तर बिहान हो कि बेलुका हो भन्ने उनी थाहा पाउँदैनन् । डिमेन्सियाका कारण मस्तिष्कले उनलाई अनौठा घटनाको साक्षात्कार गराएको अनुभव गर्छ ।

एउटी छोरी गुमाएको आघातको सम्झना पनि उनलाई छ । दिमागले स्मृति र कल्पनालाई मिसमास गरिदिँदा उनलाई के भइरहेको छ भन्ने पत्तो नभएको हो । उनी दैनिक जीवनका सामान्य कुराहरू सम्झन सकिरहेका छैनन् अनि जीवनमा घटेका ठूला घटना पनि उनको स्मृतिमा यदाकदा आइपुग्ने गरेका छन् । उनको अलमले दृष्टिकोणबाट कथा अघि बढ्दा दर्शक पनि अलमलिन्छन् ।

उनको मानसिक रोगका कारण छोरी यान पनि हैरान छिन् । पति पलसँग यसै विषयमा उनको झगडा पनि पर्छ । तर पिताका अनौठा बानीबेहोरालाई सहेर माया र स्याहार गर्न छोरी यान तत्पर छिन् । 

नाटकमा आधारित भएकाले होला शायद यस फिल्ममा पात्रहरूमा निकै मेहनत गरिएको छ । विशेषगरी एन्टोनी र यानका पात्रहरूबीचको संवाद तथा गैरभाषिक सञ्चार निकै उम्दा लाग्छ । 

अनि नाटकको मञ्चमा झैं गरी फिल्मको सेटिङ पनि सानो परिधिमा सीमित छ । कोठैकोठामा फिल्मको कथा अघि बढ्छ । कथानक बढेसँगै विभिन्न शटहरूमा कोठाका सजावटमा परिवर्तन देखाइएको छ– मासु ल्याएको प्लास्टिकको रंग परिवर्तन हुनेदेखि लिएर भित्तामा झुण्ड्याइएको तस्वीर हटेकोसम्मले एन्टोनीको मस्तिष्क डिमेन्सियाको खाडलमा झन् झन् भासिँदै गएको संकेत गरेका छन् ।

यस वर्णनबाट पाठकले अनुभव गरेको हुनुपर्छ– यस फिल्ममा खासै कथा छैन । जे छ, एक पात्रको अनुभूति तथा अन्य पात्रसँग उसले गरेको संवाद छ । त्यसैका आधारमा अर्थ खोज्नुपर्ने हुन्छ । 

यस चलचित्रमा एन्टोनी हप्किन्सले आफ्नो लामो करीयरकै एक उम्दा अभिनय प्रस्तुत गरेका छन् । ठाडो र रुखो व्यवहार, आश्चर्य तथा अनिश्चयका अनुभूति अनि कमजोर र जोखिममा परेको स्थितिले ल्याएको करुणा सबै उनका चरित्रमा अटाएका छन् । यति धेरै रेन्जका चरित्र एउटै चलचित्रमा प्रस्तुत गर्न सक्नु उनको अभिनय कौशलको उदाहरण हो ।

छोरी यानका रूपमा ओलिभिया कोलम्यानले पनि उत्तिकै जोरदार अभिनय गरेकी छन् । पिताको हालत दिनप्रतिदिन बिग्रँदै जाँदा शान्त रहन उनले गर्नुपरेको संघर्ष, पिताको रुखो वाणीलाई पनि हाँसीहाँसी सहने अनि यदाकदा आँखामा आँसु ल्याउने र धीरता कायम राख्ने पात्रको भूमिकालाई कोलम्यानले दक्षताका साथ निर्वाह गरेकी छन् । दुई उत्कृष्ट अभिनेताको डाइनामिक्सका कारण फिल्म अब्बल बनेको अनुभूति हुन्छ । 

फिल्मको सम्पादन पनि उत्कृष्ट छ । सम्पादक योर्गोस लाम्प्रिनोसले कथानकलाई रहस्यमयी तथा दर्शकको ध्यान खिँच्ने बनाउन दृश्यसंयोजनमा निकै मेहनत गरेको देखिन्छ । 
 

लुडोभिको आइनाउडीको संगीत पनि पात्र तथा परिस्थितिको भावोत्तेजनामा सहायक बनेको छ र निकै सुमधुर सुनिन्छ ।

निर्देशक जेलरको कामलाई प्रशंसा गर्न कञ्जुस्याइँ गर्नुहुँदैन । उनले एन्टोनीको असंगत दृष्टिकोणमार्फत कथा भनेर पाठकलाई रहस्यमा बाँध्न गरेको प्रयास सफल छ । साथै उनले एन्टोनीको पात्रलाई अतिभावुक बन्न नदिएर बहुआयामिक बनाएका छन् । त्यसका साथै उनले मानसिक रोगीहरूलाई स्याहार गर्ने व्यक्तिको सहानुभूतिशील रूप देखाएर पात्रहरूलाई न्याय गरेका छन् । 

रोगी मस्तिष्कले जालझेल गरिँदिदा व्यक्तिलाई आफ्नै अस्तित्व तथा बाहिरी विश्वप्रति बन्ने धारणामा विश्सनीयताको संकट आउँछ भन्ने गहिरो दार्शनिक बोध यस फिल्मले गराउँछ । डिमेन्सियाले पात्रको मस्तिष्कलाई रिंग्याएझैं दर्शकको मस्तिष्कलाई पनि फिल्मको कथानकले रिंग्याएर ती पात्रप्रति समानुभूति जगाउन चलचित्र सफल छ । 

यस वर्षको अस्कर पुरस्कारको ६ वटा विधामा नामांकित द फादर हेर्न छुटाउन नहुने चलचित्र हो । फिल्म हेरेको लामो समयसम्म पनि यसको स्मृति दर्शकको मस्तिष्कमा रहिरहन्छ । 

फिल्म :फादर
कलाकार :एन्टोनी हप्किन्स, ओलिभिया कोलम्यान, रफस सेवेल, इमोजेन पूट्स, ओलिभिया विलियम्स, मार्क ग्याटिस आदि
निर्देशक :फ्लोरियन जेलर
विधा : ड्रामा
अवधि : १ घन्टा ३६ मिनेट

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x