×

NMB BANK
NIC ASIA

एमालेमा लागेका दुई प्रदेश सभा सदस्य (सांसद)लाई माओवादी केन्द्रले कारवाही गरेको छ ।

Muktinath Bank

रूपन्देहीबाट निर्वाचित प्रदेश सभाको अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थीलाई कारवाही गरेको पत्र माओवादीले आइतबार प्रदेशसभा सचिवालयमा बुझाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभा सदस्यद्वय न्यौपाने र पन्थीलाई माओवादी केन्द्रले कारवाही गरेको पत्र प्राप्त भएको लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले न्यौपाने र पन्थीलाई कारवाहीको पत्र सचिवालयमा आएको छ । उक्त पत्र आउने प्रदेशसभा बैठकमा सभामुखले पढेर सुनाउनुहुनेछ ।’ 

Vianet communication
Laxmi Bank

त्यससँगै उनीहरूको सांसद पद नियमावली बमोजिम रिक्त रहने छ । प्रदेश सभाको बैठक सोमबार बस्दैछ । 

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेताद्वय पन्थी र न्यौपाने प्रधानमन्त्री ओलीको पक्षमा उभिएका थिए । 

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पनि उनीहरू माओवादीमा नफर्किएर एमालेमै रहने बताउँदै आएका थिए ।

माओवादी केन्द्रले पार्टीमा फर्किन न्यौपाने र पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधे पनि उनीहरूले आफूहरू एमालेमै रहने निर्णयमा पुगेकाले स्पष्टीकरणको जवाफ दिनु नपर्ने बताएका थिए ।

माओवादी केन्द्रका प्रमुख सचेतक वसन्त घर्ती मगरले स्पष्टीकरणको जवाफ नआएपछि सांसदद्वय न्यौपाने र पन्थीलाई कारवाही गरिएको बताए ।

‘उहाँहरू पार्टीमा फर्किनुभएन र सोधेको स्पष्टीकरणको जवाफ पनि नआएकाले कारवाही गर्ने निर्णय गरेका हौं’ उनले भने । 

लुम्बिनी प्रदेशको कुल ८७ सांसदमध्ये माओवादी केन्द्रका २० सांसद छन् । तीमध्ये दुईजना एमालेमा लागेपछि अब माओवादी केन्द्रसँग लुम्बिनी प्रदेशसभामा १८ सांसद कायम रहनेछन् । 

न्यौपानेले आफू वैचारिक रूपमै एमालेमा लागेको भन्दै अब सांसद पद गए पनि माओवादीमा नजाने स्पष्ट पारे । 

‘म पद जोगाउन गुट चेञ्ज गरेको होइन,’ न्यौपानेले लोकान्तरसँग भने, ‘हिजो यही मुखले प्रचण्ड–नेपाल समूहको कदम गलत छ भनेर भाषण गर्दै हिँड्ने फेरि पद जोगाउनका लागि उनैतिर फर्किने ? यो हुन सक्दैन । पद गए पनि म अब माओवादीमा फर्किन्न । पद पाउनका लागि अर्को निर्वाचन पनि आउँछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x