नेपालमा कोरोनाका कारण एकैदिन ४ जनाले गुमाए ज्यान, २ सय ६६ नयाँ संक्रमित

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का कारण एकैदिन ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Advertisement

मृतकको कुल संख्या ३ हजार ३६ पुगेको छ ।

यसबीचमा कोरोनाका २ सय ६६ संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २ संक्रमित निको भएका छन् ।

निको हुनेको कुल संख्या २ लाख ७३ हजार ३ सय ४२ छ ।

कुल संक्रमितको संख्या भने २ लाख ७८ हजार २ सय १० छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्