२६ जेठ २०८३, मंगलबार

प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान

चैत २४, २०७७
प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान
प्रतिकात्मक तस्वीर

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमवार साँझ लागूऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए ।

‘भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो,’ प्रहरी निरीक्षक थापाले भने, ‘बब्लु सिंह सहितका ३ जना तस्करको समूहबाट प्रहरी टोलीमाथि १ राउन्ड गोली चलाइएपछि प्रहरीले पनि ३ राउण्ड जवाफी फायर गर्नुपर्‍यो ।’

घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ ।

घटनास्थलमा १ भाला र १ थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्