×

NMB BANK
NIC ASIA

सत्ताको खेल

लुम्बिनीमा राजनीतिक हलचल– एकातिर अविश्वास प्रस्ताव, अर्कातिर मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य

चैत २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको संकेत पाएपछि अप्रत्यासित रूपमा प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका छन् । मंगलवार राति १२ बजेबाट अधिवेशन अन्त्य गर्ने गरी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिश गरेको हो ।

Muktinath Bank

हिउँदे अधिवेशन शुरू भएको आज ६ दिन मात्र पुगेको छ । यसबीचमा १८ गतेयता जम्मा ४ वटा बैठक मात्र बसेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपक्षीले सरकार परिवर्तनका लागि अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलन गरेको संकेत पाएपछि सरकारले संसद्लाई बिजनेस नभएको भन्दै अन्त्य गर्न सिफारिश गरेको हो ।


Advertisment
Nabil box
Kumari

गत असोज २० गते प्रदेशको राजधानी र नामकरण टुंगो लगाएपछि अन्त्य भएको अधिवेशन ६ महिना पुग्न २ दिन बाँकी छँदा भएको थियो ।

Vianet communication
Laxmi Bank

माओवादी छाडेर एमालेमा लागेका गुल्मीका सांसद दिनेश पन्थी र रूपन्देहीका सांसद दधिराम न्यौपानेलाई पार्टी र संसदीय दलको बैठकले कारवाही गरेको जानकारी सहितको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेपछि माओवादी, कांग्रेस लगायतका दलले सोमबार बिहानैदेखि सरकारविरुद्धको अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गरेका थिए । 

सोमवारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको ट्र्याक खल्बल्याउन प्रयास भइरहेको बताएका थिए । 

अविश्वासको प्रस्तावका लागि माओवादी केन्द्र र कांग्रेसका सांसदहरूले हस्ताक्षर संकलन गरिसकेको स्रोतले बताएको छ । 

संघमा जस्तै प्रदेशमा पनि जनता समाजवादी पार्टी (जसपा) निर्णायक अवस्थामा छ । मुख्यमन्त्री पोखरेलले जसपालाई सरकारमा सहभागी गराएर सरकार बचाउने प्रयास गरिरहेका छन् । 

अर्कोतर्फ कांग्रेस र माओवादीले पनि जसपाको साथ खोजिरहेका छन् । एमालेइतरका दलहरू मिल्दा पनि सरकार बनाउन बहुमत पुग्ने गणितीय सम्भावना छ ।

अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको सुइँको पाएपछि मुख्यमन्त्री पोखरेलले माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई हटाउने योजना बनाएका छन् । 

त्यसको संकेत सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा गरे । उनले भने, ‘केही मन्त्रीको ‘पफर्मेन्स’ राम्रो देखिएन । सरकार मन्त्रिपरिषद् पुनर्गठन गर्ने सोचमा छ । यसको संकेत केही दिनभित्र पाउनुहुन्छ ।’

दुईवटा मन्त्रालय थप्ने तयारी पनि मुख्यमन्त्री पोखरेलले गरेका छन् ।

‘मन्त्रिपरिषद् पुनर्गठन मात्र होइन, दुई मन्त्रालय थप गरिनेछ । एउटै मन्त्रालयले धेरै काम गर्नुपर्दा काम पनि राम्रो नदेखिएको हो,’ उनले भने ।

आफूविरुद्ध हस्ताक्षर संकलन भएको थाहा पाएपछि मुख्यमन्त्री पोखरेलले सरकार गठनमा ‘किङमेकर’ बनेको जसपा संसदीय दलका नेता सहस्रराम यादव र प्रमुख सचेतक सन्तोष पाण्डेयलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर छलफल गरेका छन् । 

जसपाका सांसदको साथ पाउन मुख्यमन्त्री पोखरेल लामो समयदेखि प्रयासरत छन् । तर, केन्द्रमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी ओलीको सरकारविरुद्ध रहेकाले त्यसको असर लुम्बिनी प्रदेशस्थित जसपामा पनि परिरहेको छ ।

‘किमेकर’लाई नेतृत्व चाहिन्छः जसपा

प्रदेशको नेतृत्व जनता समाजवादीले पाउनुपर्ने त्यस दलका नेताहरू बताउँछन् ।

मुख्यमन्त्रीसँगको छलफलपछि जसपा प्रमुख सचेतक पाण्डेयले भने, ‘हामी माग्न आएका होइन, यदि दिनुहुन्छ भने जसपालाई मुख्यमन्त्री दिनुपर्छ भनेर मैले मुख्यमन्त्रीलाई भनें ’ पाण्डेयले लोकान्तरसँग भने, ‘मुख्यमन्त्री पद दिए हामी सरकार बचाउँछौं, यर्थाथ यही हो । हामी माग्न होइन, लिने हो । प्रदेशको नेतृत्व दिएर उदार बन्नुपर्‍यो । मुख्यमन्त्रीले विचार गर्छौं भन्नुभयो ।’

पाण्डेयले मंगलवार दिनभरमा नयाँ निर्णय हुन सक्ने जानकारी गराए । 

माओवादीका मन्त्रीहरू आफ्नै कारण हट्दैछन् : सचेतक ढकाल 

अहिलेसम्म माओवादीले सरकारलाई दिएको समर्थन फिता लिएको छैन ।

सत्तारूढ एमालेका लुम्बिनी प्रदेशमा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले माओवादी केन्द्रका मन्त्रीहरू आफ्नै कारणले हट्ने अवस्थामा पुगेको बताए ।

‘उहाँहरू सत्तारुढ दल नेकपा एमालेका कारण नभई आफ्नै कारणले सरकारबाट हट्ने अवस्थामा हुनुहुन्छ,’ ढकालले भने ।

सरकार भने कुनै पनि हालतमा नढल्ने उनको जिकिर छ ।

जसपालाई फकाउँदै कांग्रेस र एमाले

अन्य प्रदेशमा सरकार फेरबदको अवस्था देखिएपछि लुम्बिनीमा कांग्रेसले एमाले बाहेकको सरकार बनाउन अभियान थालेको छ । त्यस्तै एमालेले किङमेकर जसपालाई सत्ता सारथि बनाएर यही सरकार टिकाउन प्रयास गरिरहेको छ ।

एक महिनाअगाडि पनि जसपालाई सरकारमा लैजान मुख्यमन्त्रीले पहल गरेका थिए, तर आन्तरिक मामिला तथा कानून, सामाजिक विकास र भौतिक पूर्वाधारसहित मालदार मन्त्रालय आफूलाई दिनुपर्ने माग जसपाले तेर्स्याएपछि सत्ता सहयात्रा अगाडि बढ्न सकेको थिएन । 

कांग्रेस प्रमुख सचेतक फकरउद्धिन खानले लुम्बिनीमा नयाँ सरकार गठनका लागि आफूहरू खुला छलफल गर्न तयार रहेको बताउँदै आएका छन् । 

यसरी बन्न सक्छ समीकरण

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । माओवादीले दुई सांसदलाई कारवाही गरेर पद रिक्त भएको अवस्थामा कायम संख्या ८५ हुन आउँछ ।

सरकार बनाउन यहाँ ४३ मत आवश्यक पर्छ । 

प्रदेश सभामा एमालेका मात्रै ४१, माओवादी केन्द्रका १८ (कारवाही भएका २ बाहेक), कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन एमालेबाहेक कम्तिमा जसपाको साथ अनिवार्य छ ।

अर्कोतर्फ माओवादीका बाँकी रहेका १८ सांसदमध्ये १ जना सभामुख छन् । निर्णायक अवस्थामा मात्र सभामुखलाई मताधिकार हुन्छ ।

यस्तो अवस्थामा ४३ पुर्‍याउन कांग्रेसका १९, माओवादीका १७ (सभामुख र कारवाहीमा परेका बाहेक), जसपाका ६ र जनमोर्चाका १ सांसद सबै जोड्नुपर्ने हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x