२७ जेठ २०८३, बुधबार

भारतीय जनता पार्टी भयो ४१ वर्षको, कसरी पुग्यो सफलताको उचाइमा ?

चैत २४, २०७७
भारतीय जनता पार्टी भयो ४१ वर्षको, कसरी पुग्यो सफलताको उचाइमा ?

भारतमा सत्तारूढ भारतीय जनता पार्टी आज (अप्रिल ६) मा ४१ वर्ष पुगेको छ । अहिले भाजपा सफलताको उचाइमा रहेको छ । 

भाजपा अहिले भारतको सबभन्दा ठूलो र प्रभावशाली पार्टी हो । यसको विस्तारको इतिहास धेरै पुरानो छैन । 

भाजपाका १० मुख्य विशेषता यस्ता छन् :

सन् १९८० को अप्रिल ६ मा भाजपा स्थापित भएको थियो । धर्मनिरपेक्ष राष्ट्रमा खुलेर हिन्दुत्वको राजनीति गर्ने पार्टी भाजपा हो । 

पहिला यो भारतीय जनसंघका रूपमा चिनिन्थ्यो । त्यसको स्थापना श्यामा प्रसाद मुखर्जीले सन् १९५१ मा गरेका थिए । भाजपाका प्रथम अध्यक्ष अटल विहारी वाजपेयी थिए । पार्टीलाई बलियो बनाउन वाजपेयी र लालकृष्ण आडवाणीको प्रमुख भूमिका छ । 

भाजपाको चुनाव चिह्न कमलको फूल हो । सन् १९८० मा पार्टी बनाएपछि सन् १९८४ मा पहिलोपटक भाजपाले चुनाव लडेको थियो । त्यतिखेर उसले दुई सीट मात्र जितेको थियो । 

भाजपाको मातृसंगठन राष्ट्रिय स्वयंसेवक संघ हो । सन् १९२५ मा डा हेडगेवारले आरएसएस स्थापना गरेका थिए । भाजपाका धेरैजसो नेता आरएसएससँग जोडिएका छन् । 

आडवाणीले सोमनाथदेखि अयोध्यासम्म गरेको रथयात्रा भारतीय राजनीतिको ठूलो घटना हो । मण्डल राजनीतिका कारण हिन्दूहरूबीच तीखो मतभेद आएपछि आडवाणीले अयोध्या आन्दोलनमार्फत धार्मिक ध्रुवीकरणलाई बलियो बनाएका थिए । आडवाणीको यात्राका क्रममा साम्प्रदायिक हिंसा पनि भएको थियो । तर बीपी सिंहको मण्डल राजनीतिमाथि आडवाणीको यो यात्रा हावी रह्यो । 

सन् १९८९ मा भाजपा ८९ सीट जित्न सफल भएको थियो । चुनावमा कांग्रेसविरुद्ध सबै राजनीतिक पार्टी मिलेर चुनाव लडेका थिए र कांग्रेस नराम्ररी हारेको थियो । 

सन् १९९२ को डिसेम्बर ६ मा अयोध्यामा बाबरी मस्जिद भत्काइएको थियो । मस्जिद भत्काउने काममा संलग्न रहेको आरोपमा आडवाणी, मुरलीमनोहर जोशी, उमा भारती लगायत धेरैको नाम मुछिएको थियो । 

सन् १९९६ को लोकसभा निर्वाचनमा भाजपा सबभन्दा ठूलो दल बन्यो । तर जम्मा १३ दिनमा सरकार गिर्‍यो । सन् १९९८ मा भाजपाले पुनः सहयोगी दलहरूसँग मिलेर केन्द्रमा सरकार बनायो । वाजपेयी प्रधानमन्त्री बने । 

भाजपाले सन् १९९९ मा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) बनाएर चुनाव लड्यो । त्यस गठबन्धनमा २० भन्दा बढी दल थिए । गठबन्धनले २९४ सीट जित्यो । भाजपाले १८२ सीटमा विजय प्राप्त गरेको थियो । वाजपेयी पुनः प्रधानमन्त्री बने र पाँच वर्ष कार्यकाल पूरा गरे । 

सन् २०१४ भाजपाका लागि महत्त्वपूर्ण वर्ष रह्यो । गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले २८२ सीट जितेर एक्लैले बहुमत ल्यायो । पाँच वर्षपछिको लोकसभा सीटमा त्यसभन्दा बढी सीट जितेर भाजपाले सफलताको शिखर चुम्यो । 

salt training

कमेन्ट गर्नुहोस्