×

NMB BANK
NIC ASIA

निर्दयी छोरी

छोरीले बिचल्ली बनाएकी आमाको चित्कार– 'बेहोश भएका बेला कीर्ते गरेर ४ करोड नगद र सुन पनि लगिछ'

चैत २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जन्म दिने बुवाआमालाई छोराछोरीले अलपत्र पारेको कुरा त देखिँदै/सुनिँदै आएको हो, तर बुवाआमासँग भएको सम्पत्ति समेत लुटेर बिचल्ली बनाएको घटना भने बिरलै सुन्न पाइन्छ ।

Muktinath Bank

यस्तै एउटा घटना अहिले चर्चामा छ ।​ कीर्ते गरी बुवाआमाको सम्पत्ति हडपेको र बिचल्ली बनाएको आरोपमा राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

****


Advertisment
Nabil box
Kumari

ललितपुरको सानेपामा बस्दै आएकी ८४ वर्षीया वृद्धा शोभा रिजाललाई आफ्नै छोरीले अलपत्र पार्लिन् भन्ने कहिल्यै लागेको थिएन ।

Vianet communication
Laxmi Bank

माइली छोरी सुष्माले पाल्छु भनेर अचल सम्पत्ति मरणोपरान्त आफ्नो नाममा हुने गरी कागज समेत गराएकी थिइन् । छोरीको सहारामा बुढेसकाल बिताउने उनको अपेक्षा थियो ।

सुगरको बिरामी रहेका शोभाका श्रीमान् कमल रिजाल बेला–बेलामा बेहोश हुन्थे ।

बुवा बेहोश भएको मौका छोपेर सुष्माले माछापुच्छ्रे बैंक, सिर्जना फाइनान्स र अरनिको सहकारीमा रहेको ४ करोड ४४ लाख रुपैयाँ नगद, २२ तोला सुन र चाँदीका भाँडाकुँडा समेत आफ्नो हात पारिन् । 

‘म बिरामी र बुवा बेहोश भएको समयमा उनीहरूले खै कसरी कीर्ते गरेर सबै ४ करोड ४४ लाख पैसा, २२ तोला सुन र चाँदीका सामानहरू लगेछन्,’ शोभाले लोकान्तरसँग भनिन्, ‘त्यो समयमा बुवालाई के गरेर नगद र गरगहना सबै आफ्नो नाममा पारिछ ।’

कृषि सामग्री संस्थानको सह–सचिवबाट अवकाशप्राप्त बुवा कमलको २०७६ मंसिर १ गते मृत्यु भएपछि सुष्माले विराटनगरमा रहेको पुर्ख्यौली सम्पत्ति समेत आफ्नो नाममा नामसारी गरिसकेकी छन् ।

सम्पत्ति अंशबण्डा गर्ने समयमा बुवा–आमा र अपाङ्गता भएकी जेठी दिदीलाई हेरचाह गर्ने भनेर बुवा–आमाको मृत्युपछि मात्र उनको नाममा हुने भनिएको थियो । तर उनले बुवाको मृत्यु हुनुभन्दा अगाडि नै कीर्ते गरेर पैसा तथा सम्पत्ति आफ्नो नाममा सारिसकेकी रहिछन् ।

पाठेघरको समस्या रहेकी शोभाले उपचारका लागि पैसा चाहियो भन्दा सुष्माले दिन मानिनन् । 

‘उपचार गर्नुपर्‍यो, पैसा ले भन्दा पनि नदिएपछि प्रहरीको गएकी थिएँ,’ शोभाले लोकान्तरसँग भनिन्, ‘नागरिकता माग्दा पनि दिइन । वृद्धभत्ता पनि उसैले लान्थी ।’

केही समयअगाडि बिरामी भएपछि साइँली छोरी गंगा रिजाल र छोरा सुरेन्द्र रिजाललाई भनेर अस्पताल भर्ना भएकी थिइन् ।

त्यो समयमा पनि पैसा माग्दा नदिएको शोभाले बताइन् । 

‘अरूले कसरी उपचार गरुन्, पाल्ने भनेर उस(सुष्मा)ले सबै सम्पत्ति लगेकी थिई,’ शोभाले भनिन् । 

केही नलागेपछि उनले ९ महिनाअघि प्रहरीमा उजुरी दिएकी थिइन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार विगत ९ महिनादेखि उजुरी आएपनि सरकारी कर्मचारी भएकाले घरको समस्या घरमै मिलाउन प्रहरीले आग्रह गर्दै आएको थियो ।

‘घरको समस्या हो, तपाईंहरू मिलाउनुस् भनेका थियौं,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘उहाँ (सुष्मा)लाई पनि सम्पत्ति खाएपछि बुवाआमा हेर्ने दायित्व हो, सेवा गर्नुस् भनेका थियौं ।’

तर सुष्माले उल्टै जिल्ला अदालत काठमाडौंमा उक्त उजुरीविरुद्ध ‘स्टे अर्डर’ मागेर मुद्दा दर्ता गरिन् ।

जिल्ला अदालतले सुष्माको माग दाबी खारेज गरेर पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउ गरेको एसएसपी सिंहले बताए । 

प्रहरीले सुष्मालाई आइतवार थापाथलीबाट पक्राउ गरेको थियो ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

उनलाई ज्येष्ठ नागरिक ऐन– २०६३ विरुद्धको कसूर गरेको अभियोगमा पक्राउ गरिएको एसएसपी सिंहले बताए । 

के छ ऐनमा व्यवस्था ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x