२७ जेठ २०८३, बुधबार

बिमा कम्पनीका लागि छुट्टै ऋणपत्र

चैत २५, २०७७
बिमा कम्पनीका लागि छुट्टै ऋणपत्र

बिमा कम्पनीहरूको लगानीयोग्य रकमलाई लक्षित गरी लामो अवधिको ऋणपत्र जारी गर्नका लागि बिमा समितिले सुझाव दिएको छ ।
बिमा कम्पनीहरूसँग लामो अवधिको लगानीयोग्य पुँजी भए पनि उक्त रकम लगानी गर्ने क्षेत्र नभएको भन्दै त्यसका लागि बण्ड निष्कासन गर्न समितिले सरकारलाई सुझाव दिएको हो । “बिमा कम्पनीहरूसँग रहेको लामो अवधिको पुँजी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा थुप्रिएको छ,” समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, “यसलाई देश विकासमा प्रयोग गर्न दीर्घकालीन प्रकृतिको बण्ड जारी गर्न सरकारलाई सुझाव पठाएका छौं ।”
हाल १९ जीवन र २० निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । यसमध्ये जीवन बिमा कम्पनीहरूसँग ३ खर्ब र निर्जीवन बिमा कम्पनीसँग ६० अर्ब रुपैयाँ लगानीयोग्य पुँजी छ ।

बिमा कम्पनीहरूले आफूसँग रहेको पुँजी लगानी गर्ने क्षेत्रको अभावमा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा थुप्रिएको छ । अहिले सरकारले नागरिक बचतपत्र, वैदेशिक रोजगार ऋणपत्रलगायतका औजारबाट सरकारलाई आवश्यक आन्तरिक ऋण उठाउँदै आएको छ । कारोबार दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्