२६ जेठ २०८३, मंगलबार

बन्दै गरेको विमानस्थलमा झुक्किएर विमान अवतरण गरेपछि...

चैत २५, २०७७
बन्दै गरेको विमानस्थलमा झुक्किएर विमान अवतरण गरेपछि...

इथियोपियन एयरलाइन्सको एक विमान जाम्बियामा बन्दै गरेको एक विमानस्थलमा अवतरण गरेको एयरलाइन्सले सोमवार पुष्टि गरेको छ । 

उक्त मालवाहक विमान अदिस अबाबाबाट न्दोलामा रहेको साइमन म्वान्सा काप्वेप्वे विमानस्थल जानुपर्ने थियो तर आइतवार जाम्बियाको कप्परबेल्ट अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । २१ किलोमिटर टाढा रहेको उक्त विमानस्थल सञ्चालनमा आएको छैन । 

उडान नम्बर ईटी ३८९१ ले नयाँ विमानस्थलमा सुरक्षित अवतरण गरेको इथियोपियन एयरलाइन्सले जनाएको छ । 

नयाँ विमानस्थल अक्टोबर २०२० मा पूरा हुनुपर्ने थियो । तर महामारीका कारण निर्माणमा ढिलाइ आएको हो । 

सञ्चालनमा आइनसकेको विमानस्थलमा धावनमार्ग चाहिँ पूरा बनिसकेको जिम्बाब्वेको नागरिक उड्डयन विभागले जनाएको छ । अन्य संरचना चाहिँ कम्तीमा ८८ प्रतिशत पूरा भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्