कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाएर मुलुकलाई चुनावमा लैजानुपर्छ– प्रकाशमान सिंह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाएर देशलाई चुनावमा लैजानुपर्ने बताएका छन् ।

कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षाका लागि कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनु जरुरी रहेको उनले बताए । 


Advertisement

कांग्रेस नेता नवीन्द्रराज जोशीको १३ औं स्मृति दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेता सिंहले पुनःस्थापित संसद्ले राम्रोसँग काम गर्न नसकिरहेको अवस्थामा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनुपर्ने बताएका हुन् । 

‘कांग्रेस केन्द्रीय समिति बैठकले संसद् विघटनको अलोकतान्त्रिक कदम चाल्ने सरकारका प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ र कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाएर निर्वाचन गराउनेतर्फ लाग्नुपर्छ,’ उनले भने । 


Advertisement

नेता सिंहले कांग्रेसले १४ औं महाधिवेशन समयमै सम्पन्न गर्नका लागि सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्