लगातार बढेको शेयर बजारमा ब्रेक, नेप्सेमा सामान्य गिरावट

लगातार बढ्दै आएको शेयर बजारमा बुधवार सामान्य गिरावट आएको छ ।

उच्चबिन्दुको रेकर्ड बनाउँदै अगाडि बढेको शेयर बजार परिसूचक नेप्से बुधवार २ दशमलव ८५ अंकले गिरावट आउँदै २ हजार ६ सय ७१ दशमलव ६२ अंकमा झरेको छ ।


Advertisement

१ करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २ सय ९ रुपैयाँ बराबरको कारोवार भयो ।

बुधवार बैंकिङ, विकास बैंक, होटल एन्ड टुरिजम, माइक्रोफाइनान्स र म्युचुअल फन्ड हरियो देखिँदा अन्य समूहमा गिरावट आयो ।


Advertisement

बुधवार महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआईसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोवार हुँदा रेयरिङ हाइड्रो, युनाइटेड इदी मर्दी हाइड्रो, सानिमा जेनरल इन्स्योरेन्स, एसटीसी लगायतका कम्पनीका लगानी कर्ताले सबैभन्दा धेरै गुमाए ।

बुधवार पनि लगानीकर्ताको रोजाइमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा रह्यो ।

टर्नओभरमा निफ्रापछि चिलिमे हाइड्रो र छिमेक लघुवित्त रहे । निफ्रा र चिलिमे दुवैको शेयरमा बुधवार गिरावट आयो ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्