२६ जेठ २०८३, मंगलबार

अबको विकल्प राप्रपा भएको कमल थापाको दाबी

अबको विकल्प राप्रपा भएको कमल थापाको दाबी

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्मपरिवर्तन र सर्वसत्तावादलाई सधैको लागि अन्त्य  गर्नको निमित्त जनताको मन जितेर राप्रपा अघि बढ्नुपर्ने बताएका छन् ।

 राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ‘राष्ट्रियता,प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणको निम्ति अबको विकल्प राप्रपा’ भएको समेत दाबी गरे ।


काङ्ग्रेस कम्युनिस्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको भन्दै थापाले गणतन्त्र , धर्मनिरपेक्षता र संघीयताले मुकुकको हित नगर्ने समेत ठोकुवा गरे। मुलुकको स्वाधिनता प्रमुख बिषय भएको भन्दै उनले गौरवशाली इतिहासलाई मटियामेट गरेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिन नहुनेमा जोड दिए।


 

salt training

कमेन्ट गर्नुहोस्