पत्रकार महासंघको मतगणना जारी, विपुल पोख्रेल प्यानल अगाडि

बुधबार सम्पन्न नेपाल  पत्रकार  महासङ्घको निर्वाचनको मतगणना जारी रहेको छ ।  इतिहासमै  पहिलो  पटक  प्रत्यक्ष  निर्वाचन प्रणालीअन्तर्गत बुधबार तीनै तहको निर्वाचन  सम्पन्नपछि  मतगणना  सुरु  भएको  हो ।
मतगणनाको प्रारम्भिक नतिजा अनुसार विपुल पोखरेल प्यानलले अग्रता बनाएको छ । सङ्घ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
महासंघको नेतृत्वका लागि विपुल पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्