२७ जेठ २०८३, बुधबार

मुसलमानहरूमा रहेको एउटा डरका कारण असममा भाजपालाई मुश्किल

चैत २६, २०७७
मुसलमानहरूमा रहेको एउटा डरका कारण असममा भाजपालाई मुश्किल

भारतको असम विधानसभा निर्वाचनमा मुस्लिमबहुल क्षेत्रमा व्यापक संख्यामा मतदान भएको छ । 
 

बदरुद्दीन अजमलको अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्टले यी भोटहरूमा दाबी गरिरहेको छ । 

असममा कुल मतदातामध्ये मुसलमान मतदाता ३५ प्रतिशत छन् । 
 

डाउटफुल भोटर लिस्टमा परिने डरले मुस्लिमहरूले धेरै भोट दिएको बताइएको छ । 

असममा कुल १२६ विधानसभा सीट छन् । तीमध्ये ३४ निर्वाचन क्षेत्रमा बढी मुसलमान मतदाता छन् । त्यहाँ ८४ प्रतिशत भोटिङ भएको छ । 

बाँकी ९२ निर्वाचन क्षेत्रमा मुस्लिम मतदाताको संख्या नगण्य छ अनि त्यहाँ ७९ प्रतिशत मतदान भएको छ । 

तर मुस्लिम मतदाता धेरै भएका सात निर्वाचन क्षेत्रमा ९० प्रतिशतभन्दा बढी मतदान भएको छ । अनि तीन अन्य मुस्लिमबहुल क्षेत्रमा ८९ प्रतिशत मतदान भएको छ ।

धेरै मुसलमानले भोट दिँदा भारतीय जनता पार्टीलाई आफूतिर भोट नआउने डर छ ।

असम अल्पसंख्यक विद्यार्थी संघका सल्लाहकार अजीजुर रहमान पनि नोबोइछा सीटबाट चुनाव लडिरहेका छन् । उनले भने, ‘अन्य मानिसभन्दा फरक मुस्लिमहरू कम पढेलेखेका, गरीब र सामूहिक रूपमा निर्णय लिने खालका हुन्छन् ।’

मुसलमानहरूले जहिले पनि ठूलो संख्यामा भोट दिने एउटा कारण भनेको भोट नदिँदा डी लिस्ट गइन्छ कि भन्ने पीरले गर्दा हो । 

मतदाता सूचीको रुजु गर्दा डी भोटर वा डाउटफुल (शंकास्पद) मतदाता भनी केही मतदातालाई चिह्नित गरिएको छ । ती यस्ता मानिस हुन् जसको केस फरेनर्स ट्राइब्युनलमा चलिरहेको छ वा ट्राइब्युनलले विदेशी नागरिक घोषणा गरेको छ । 

डी भोटरले पनि राष्ट्रिय नागरिकता रजिस्टरमा नाम जोडाउनका लागि निवेदन दिन सक्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्