कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
राम्रो स्वास्थ्यका लागि पोषण भएको खानेकुरा मात्र नभई प्रोटीनको मात्रा पनि पुर्याउनुपर्ने हुन्छ ।
प्रोटीनले शरीरका मांसपेशी तथा कोशिकाहरूको विकास गराउँछ । तर यसलाई सन्तुलित मात्रामा लिनुपर्ने हुन्छ । धेरै प्रोटीन लिँदा शरीरलाई हानि हुन्छ र चाहिनेभन्दा कम लिँदा पनि नोक्सानी हुन्छ ।
धेरै मेहनतको काम नगर्ने मानिसले आफ्नो तौलको हिसाबमा दिनदिनै ०.७५ ग्राम प्रोटीन लिनुपर्छ ।
प्रत्येक दिन एक पुरुषले कम्तीमा ५५ ग्राम र महिलाले ४५ ग्राम प्रोटीन आफ्नो आहारमा समावेश गर्नुपर्छ ।
एक मानिसको दिनभरिमा कुल क्यालोरीको २० देखि ३५ प्रतिशत प्रोटीन हुनुपर्छ ।
वृद्धहरूलाई प्रोटीन बढी आवश्यक पर्छ । उमेर बढ्दै जाँदा मांसपेशी कमजोर हुँदै जान्छ । वृद्धहरूले शरीरको तौल अनुसार एक किलो खानामा १.२ ग्राम प्रोटीन लिनुपर्छ ।
प्रोटीनको कमीका लक्षण यस्ता हुन्छन् :
शरीरमा प्रोटीनको कमी हुँदा ऊर्जा कम भएको अनुभव हुन्छ । अनि छिटो थकाइ लागेको अनुभव हुन्छ । यसक्रममा मानिसको कपाल पनि झर्न थाल्छ । अनि नङ कमजोर हुने, तौल घट्ने, कमजोरी हुने र टाउको दुख्ने समस्या पनि देखिन्छ ।
प्रोटीनको राम्रो स्रोत मासु हो । तर तपाईं शाकाहारी हुनुहुन्छ भने गेडागुडी, ड्राई फ्रुट, सीफूड र दाल प्रशस्त खाने गर्नुस् ।
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...