२७ जेठ २०८३, बुधबार

राजधानी नयाँदिल्लीमा कर्फ्यू लागेपछि मजदुरको भागाभाग

चैत २६, २०७७
राजधानी नयाँदिल्लीमा कर्फ्यू लागेपछि मजदुरको भागाभाग
फाइल फोटो

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका लागि रात्रिकालीन कर्फ्यू लागेपछि मजदुरको भागाभाग चलेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै जानु र फेरि लकडाउन हुनसक्ने चर्चाबीच सर्वसाधारण श्रमिकहरू दिल्ली छाडेर घरतिर जान थालेका छन् ।

अघिल्लोपटक मजदुरहरू समयमै घर नजाँदा दिल्लीमै फसेका थिए । तर यसपालि मजदुरहरू लकडाउन हुनसक्ने अनुमान गर्दै घरतिर गइरहेका छन् ।

दिल्लीसँगै महाराष्ट्र प्रदेशको पुणेमा पनि यस्तै अवस्था देखिएको छ । मजदुरहरू शहर छाडेर गाउँतिर जान थालेका छन् ।

शहरका रेल्वे स्टेसन र बस स्टेसनमा गाउँतिर जाने यात्रुको भीड देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संक्रमित बढेपछि भारतको दिल्ली, महाराष्ट्र, मध्यप्रदेश, यूपी प्रदेशका शहरी क्षेत्रमा रात्रिकालीन कर्फ्यू लगाइएको छ । यस्तो बेला फेरि लकडाउन हुनसक्ने डर सर्वसाधारणमा देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्