नेपालमा थपिए कोरोनाका ३ सय ३२ संक्रमित, सक्रिय संक्रमित २ हजार ४ सय ५४ पुगे

नेपालमा कोरोनाका ३ सय ३२ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ६ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Advertisement

यससँगै सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५४ पुगेको छ ।

यसबीचमा थप ७९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।


Advertisement

पछिल्लो समय कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ ।

अघिल्लो दिनको तुलनामा बिहीवार पनि संक्रमण बढेको हो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्