बजार पूँजीकरण जीडीपीको हाराहारीमा पुग्यो

लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पूँजीकरणमा परेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीवारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब रुपैयाँ पुगेको छ । यो नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) को हाराहारी हो । 


Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७ खर्ब २ अर्ब ८१ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको बजार पूँजीकरण पुगेको छ ।

नेप्से र कूल गार्हस्थ उत्पादनको आकार झण्डै समान भएको हो । बिहीवार नेप्से २.७४ विन्दुले उकालो लागेर २ हजार ६७४.३५ मा पुगेको छ । नेप्सेका उचाइ पनि हालसम्मकै माथि हो ।


Advertisement

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२८ विन्दुले घटेर ४७६.५१ मा पुगेको छ । कूल २०७ कम्पनीको १ करोड ३३ लाख ७६ हजार कित्ता शेयर ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० रुपैयाँमा कारोबार भएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीवार ७ उपसमूहको शेयर उकालो लाग्दा ६ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १.८९, होटल तथा पर्यटन २९.७९, विकास बैंक २०.६२, वित्त ३९.४३, लघुवित्त १०६.१३, जीवन बीमा ९१.९८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ ।

व्यापार ३२.०१, जलविद्युत् २३.३३, निर्जीवन बीमा ६२.६३, उत्पादन २२.५१ र लगानी ०.४३ ले ओरालो लागेको छ । 

कारोबारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३७ करोड १३ लाख ४४ हजार ११३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । 

नेपाल पूर्वाधार बैंक २५ करोड ५५ लाख २४ हजार १४९, नेपाल बैंक २४ करोड ७ लाख २४ हजार ७३८, चन्द्रागिरि हिल्स २२ करोड ४४ लाख ११ हजार ८४४ र नबिल बैंक १८ करोड १७ लाख ५० हजार ९७७ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । 

एनआईसी एसिया लघुवित्त ९.९४, ग्रीन लाइफ हाइड्रो ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.७९, मल्टिप्रपोज फाइनान्स ९.७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । युनिभर्सल पावर ४.४२, रसुवागढी हाइड्रोपावर ४.१७, अजोड इन्स्योरेन्स ३.६५, एनआईसी एसिया ग्रोथ फण्ड ३.५७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए । 

कमेन्ट गर्नुहोस्