राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाल प्रहरी अस्पताललाई क्यूआर कोड र पीओएस मशिन हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पीओएस मशिन हस्तान्तरण गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहलाई बिहीवार कोड र मशिन हस्तान्तरण गरेका छन् ।


Advertisement

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्यूआर कोड र पीओएस मशिनबाट भुक्तानी गर्न सक्नेछन् ।

सो समारोहमा प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धी पुनित कार्यमा रक्तसञ्चार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ सेवा दिन बैंक सधैं तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीले अब नगद बाकेर हिँड्नु नपर्ने जानकारी गराए ।


Advertisement

विक्रम संवत् २०४० सालबाट शुरू भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरू तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरू, उच्च प्रहरी अधिकृत, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, प्रहरी कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्