रिद्धि सिद्धि नुकड नाट्य यात्रा जारी

नाटकले दर्शक समक्ष छाप छोड्दै रिद्धि सिद्धि सिमेन्टको आयोजनामा र विजय लक्ष्मी मिडिया फाउन्डेशनको समायोजनमा रिद्धि सिद्धि नुकड नाट्य यात्राको क्रम जारी रहेको छ ।

प्रदेश नं. २ को ८ वटा जिल्लाको विभिन्न ५० स्थानमा गरिने यो यात्रा अहिले ११ वटा ठाँउमा प्रस्तुत गरिएको छ ।


Advertisement

हालसम्म प्रदेश नं. २ को धनुषा जिल्लास्थित सबैला बजार, गोदार, धनुषाधाम र यदुकुहा बजार, महोतरीको बलबा र जलेश्वर, मटिहानि र पिपरा बजार र सर्लाहीको गोडैता, मलंगवा र होलीको अवसरमा दिनमा जनकपुरधाममा होली विशेष कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

यो नाट्य यात्रामा प्रस्तुत गरिएको रिद्धि सिद्धि सिमेन्टको उपयोगिता विषयक नाटकले दर्शक समक्ष लोकप्रियता बटुल्न सफल भएको कम्पनीको दावी छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्